Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

१२ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो

Kamal Tamang May 21, 2026
nep
Share On:


काठमाडौं ।  अघिल्लो दिन ३० अंक बढेको सेयर बजार बिहीबार १२.३६ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २७४२ अंकमा कायम भएको छ ।बजार घट्दा कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ३ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो । आज बजार दिनभरजसो रातो अंकमा रह्यो ।

७२ कम्पनीको मूल्य बढ्यो भने १८८ को घट्यो । ९ कम्पनीको मूल्य स्थिर रह्यो । सबैजसो समूहका सूचक घटेका छन् । यद्यपि सबै समूहका सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, होटल तथा पर्यटन ०.८६, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन ०.३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य ०.३१ प्रतिशत घटे । व्यापार समूह स्थिर रह्यो ।

बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो । मूल्य धेरै बढ्नेमा आज बैंक तथा वित्तीय संस्थाका डिबेन्चर अगाडि रहे । अपर लोहोरेखोलाको मूल्य १४.९५ प्रतिशत घट्यो । त्यस्तै झापा इनर्जीको ८.१२, माउन्टेन हाइड्रो नेपालको ७.४० तथा सिटी होटलको मूल्य ३.८० प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा आँखुखोला जलविद्युत्, रिडी पावर, बुंगल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र फर्स्ट माइक्रोफाइनान्स छन् ।

Post navigation

Previous: सामसुङ र श्रमिक सङ्घबीच पुनः वार्ता, हड्ताल रोक्न सरकारको अन्तिम प्रयास
Next: वडा अध्यक्ष राम पुकार यादवद्वारा स्वास्थ्य चौकीको भवनको शिलान्यास-गढीमाई नगरपालिका– १

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.