Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडानको अनुमति, व्यवसायी उत्साही

Kamal Tamang June 10, 2026 1 min read
1
Share On:


काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईमा नियमित व्यावसायिक उडान सञ्चालन गर्न फ्लाई दुबईलाई अनुमति दिएको छ।प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमका अनुसार दुबई एभिएसन कर्पोरेसन फ्लाई दुबईले आगामी असोज ७ गते (सेप्टेम्बर २३) देखि एक महिनासम्म दैनिक उडान सञ्चालन गर्ने प्रस्ताव पेस गरेपछि अनुमति दिइएको हो।

अनुमति अनुसार ‘बोइङ ७३७’ विमान प्रत्येक दिन बिहान ८:०५ बजे पोखरा अवतरण गर्नेछ भने ९:०५ बजे दुबईका लागि उड्नेछ।’फ्लाई दुबईले पोखरा–दुबई सिधा उडानका लागि अनुमति मागेको थियो। सोही अनुसार अनुमति दिएका छौं,’ गौतमले भने, ‘यसले पोखराबाट अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार गर्न सहयोग पुग्न सक्छ।’

पोखरा–दुबई उडान अवधि करिब पाँच घण्टाको हुनेछ। दुबईलाई अन्तर्राष्ट्रिय ट्रान्जिट हबका रूपमा प्रयोग गर्ने यात्रु तथा पर्यटकले यस सेवाबाट लाभ लिन सक्ने उनले बताए।हाल फ्लाई दुबईले काठमाडौं–दुबई सिधा उडान सञ्चालन गर्दै आएको छ। कम्पनीले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै पोखराबाट उडान सम्भाव्यताबारे अध्ययन गर्दै आएको थियो। प्रारम्भिक एक महिनाको उडानपछि थप तालिकाबारे निर्णय गरिने जनाइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि हिमालय एयरलाइन्सले चीनको ल्हासासम्म नियमित उडान सञ्चालन गरेको थियो। पर्याप्त यात्रु नपाएपछि उक्त सेवा हाल स्थगित छ।विमानस्थलबाट चीन, भुटान र भारतका विभिन्न गन्तव्यमा चार्टर उडान भने बेलाबेला हुँदै आएका छन्।

फ्लाई दुबईको सेवा पोखरा विमानस्थलबाट हुने दोस्रो नियमित अन्तर्राष्ट्रिय उडान हुनेछ। पर्यटन व्यवसायीहरूले दुबईमार्फत विश्वका प्रमुख गन्तव्यसँग पोखराको हवाई पहुँच विस्तार हुने अपेक्षा गरेका छन्।होटल संघ पोखराका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल ‘रमेश’ ले उडान सुरू हुनु मात्र पर्याप्त नभई त्यसलाई दिगो रूपमा सञ्चालन गर्न सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

‘दुबईमार्फत युरोप र अमेरिकाबाट आउने पर्यटकका लागि पोखरा थप पहुँचयोग्य बन्न सक्छ,’ उनले भने, ‘तर सेवा नियमित र व्यावसायिक रूपमा सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ।’

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दुबईलाई विश्वका प्रमुख अन्तर्राष्ट्रिय ट्रान्जिट केन्द्रमध्ये एक भएकाले यस उडानले पोखराको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने बताए।उनका अनुसार मध्यपूर्वमा कार्यरत नेपाली श्रमिक र विदेशी पर्यटक दुवैलाई यस सेवाले लाभ पुर्‍याउन सक्छ। ‘दुबईसँगको प्रत्यक्ष हवाई सम्पर्कले पोखरालाई विश्वका सयौं सहरसँग जोड्ने सम्भावना सिर्जना गर्छ,’ उनले भने।

Post navigation

Previous: एभरेष्ट कलरको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर
Next: २१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
  • 1
    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणाJune 14, 2026
  • 1
    वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?June 14, 2026
  • 1
    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापाJune 14, 2026
  • 1
    इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी June 14, 2026
  • 1
    आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल June 14, 2026
  • 1
    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयJune 12, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 

Kamal Tamang June 14, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
  • वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?
  • राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा
  • इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 
  • आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल 
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.