Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी

Kamal Tamang June 10, 2026
1
Share On:


काठमाडौं ।  इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी) ले अमेरिकाका २१ वटा हवाई तथा नौसैनिक सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । अमेरिकी सेनाले इरानी लक्ष्यमा गरेको आक्रमणपछि क्षेत्रीय तनाव थप चर्किएको छ ।

इरानी सञ्चारमाध्यम आईएसएनएका अनुसार आईआरजीसीले अमेरिकाको एफ–३५ लडाकु विमानका ह्याङ्गरहरूलाई समेत निशाना बनाएको दाबी गरेको छ । साथै, जोर्डनस्थित अल–अजराक अमेरिकी कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको र मुवाफक साल्ती हवाई अड्डामा पनि आक्रमण भएको उल्लेख गरिएको छ ।

त्यसैगरी, बहराइनमा रहेको अमेरिकी पाँचौं नौसैनिक बेडाको मुख्यालयमा ड्रोन आक्रमण गरिएको आईआरजीसीले जनाएको छ । उक्त आक्रमण दक्षिणी इरानमा अमेरिकी हमलाको प्रतिक्रियास्वरूप गरिएको दाबी गरिएको छ ।

यसैबीच, स्थानीय स्रोतलाई उद्धृत गर्दै इरानी सरकारी सञ्चारमाध्यमहरूले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरू पनि पुनः निशानामा परेको बताएका छन् । यद्यपि, यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

यसअघि अमेरिकी केन्द्रीय कमाण्डले हर्मुज जलडमरूमध्यमा अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनापछि इरानविरुद्ध ‘आत्मरक्षात्मक सैन्य कारबाही’ सुरु गरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानी आक्रमणबाट अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको दाबी गर्दै अमेरिकाले आवश्यक जवाफ दिने बताएका थिए । हेलिकोप्टरमा रहेका दुवै चालक भने सकुशल रहेको जनाइएको छ ।

उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई फारसी खाडी क्षेत्रबाट बाहिरिन चेतावनी दिँदै इरानमाथिको कुनै पनि आक्रमण वा धम्कीको कडा प्रतिकार गरिने बताएका छन् । उनले इरानका सशस्त्र बल कुनै पनि चुनौतीको सामना गर्न पूर्ण रूपमा तयार रहेको दाबी गरेका छन् ।

इरान र अमेरिकाबीचको प्रत्यक्ष सैन्य तनाव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ । इजरायल–इरान द्वन्द्वसँगै विकसित पछिल्ला घटनाक्रमले सम्पूर्ण क्षेत्रलाई नयाँ सुरक्षा संकटतर्फ धकेल्ने चिन्ता बढेको विश्लेषकहरूले बताएका छन् ।

Post navigation

Previous: फ्लाई दुबईलाई पोखरा–दुबई सिधा उडानको अनुमति, व्यवसायी उत्साही
Next: बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.