Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

Kamal Tamang June 15, 2026 1 min read
1
Share On:

काठमाडौँ ।  माननीय शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्वीटजरल्याण्डका महामहिम राजदूत ड्यानिएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा उनीहरुबीच आपसी हित, द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन र स्विस सरकारले नेपालको शिक्षा क्षेत्रमा गर्दै आएको सहयोग तथा शिक्षा क्षेत्रमा फराकिलो साझेदारिता अभिवृद्धिलगायत विषयमा छलफल भएको छ ।

स्वीटजरल्याण्ड नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा लामो समयदेखि सहयोग गर्दै आइएको विकास साझेदार हो । विशेष गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) को क्षेत्रमासहयोग गर्दै आएको छ ।नेपालमा स्विस सरकारको सपोट एजेन्सी ‘स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड को अपरेसन’ (एसडिसी) को सहयोगमा सिटीइभिटीमार्फत तीन परियोजना ‘नेशनल भोकेश्नल क्वालिफिकेस सिस्टम’, इन्ह्यान्सड स्किल फर सस्टेनेवल एन्ड रिवार्डिङ इम्प्लोइमेन्ट’ र क्वालिटी टेक्निकल एन्ड भोकेश्नल एजुकेशन एन्ड टे«निङ फर युथ’ सञ्चालनमा रहेका छन् ।

भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र स्वीटजरल्याण्डबीच सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकास तथा शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।उनले सिटीइभिटी सम्बन्धी ऐनको मस्यौदाको प्रक्रियामा रहेको र प्राविधिक शिक्षालाई समय सान्दर्भिक बनाउन विज्ञ समूहबाट राय परामर्श लिइरहेको यसलाई छिट्टै संसदमा पेश गर्ने तयारी रहेको जानकारी गराए ।

मन्त्री पोखरेलले नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा स्विस सरकारले उपलब्ध गराउँदै आएको सहयोगको निरन्तरताको अपेक्षा गरे । सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पोखरेलले स्वीटजरल्याण्ड सरकार कोतर्फबाट प्रविधि शिक्षामा मात्र नभएर आगामी दिनमा डिजिटाइजेशन, समावेशी शिक्षालगायत क्षेत्रमा पनि स्विस सरकारसँग सहकार्य गर्न सकिने धारणा राखे ।

मन्त्री पोखरेलले नेपाल सरकारले सातै प्रदेशमा विशेष अटिजम विद्यालय स्थापना गर्ने नीति अनुरूप काम अघि बढिरहेको तथा डिजिटाइजेसन, समावेशी शिक्षाको क्षेत्रमा सहयोग र सहकार्यको संभावना रहेको कुरा व्यक्त गरे ।

उनले विद्यालयतहदेखिनै रोजगारमुखी शिक्षामा जोड दिनुपर्ने र काठमाडौँ महानगरपालिकामा सञ्चालित ‘बुकफ्रि फ्राइडे’ कार्यक्रम प्रभावकारी रहेको र त्यसलाई पाठ्यक्रममै राखेर देशभर विस्तार गर्ने योजना रहेको जानकारी गराउँदै, प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अगाडि बढ्नेगरी सरकार लागि परेको उल्लेख गरे ।उक्त भेटमा महामहिम राजदूत ड्यानिएल मेउलीले नेपालको शिक्षा क्षेत्रमा स्वीटजरल्याण्ड सरकारले गर्दै आएको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल सरकारले लिएको अवधारणालाई जहिले पनि सहयोग तथा सहकार्य गर्न स्विस सरकार तयार रहेको बताए । राजदूत मेउलीले हाल शिक्षा क्षेत्रमा सञ्चालनमा रहेका तीन वटा परियोजनालाई एउटै बनाएर थप प्रभावकारी बनाउने गरी अघि बढ्ने शिक्षामन्त्रीसमक्ष जानकारी गराए।

Post navigation

Previous: राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक
Next: प्रतिनिधिसभामा आज बजेटमाथिको मन्त्रालय छलफल सक्ने तयारी

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
  • 1
    सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्लेJune 19, 2026
  • 1
    अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरुJune 19, 2026
  • 1
    नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिकोJune 19, 2026
  • 1
    चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राईJune 17, 2026
  • 1
    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद रानाJune 17, 2026
  • 1
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवातJune 17, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
  • अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु
  • नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको
  • चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.