Skip to content
September 13, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
Share On:

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही नभएको भन्दै देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।

संघले घटना भएको चार दिन बितिसक्दा पनि दोषीविरुद्ध मुद्दा दायर गरी कारबाही नगरिएको, पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अन्याय भएको तथा वार्तामा सहभागी चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुव्र्यवहार भएको उल्लेख गरेको छ ।

संघका अनुसार केन्द्रीय कार्यालयमा पूर्व अध्यक्ष, पूर्व महासचिव, वरिष्ठ चिकित्सक, अस्पताल निर्देशक, विशेषज्ञ समाज, आवासीय चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीहरूसँग भएको छलफल र केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकपछि आन्दोलनका कार्यक्रम तय गरिएको हो ।

घोषित कार्यक्रमअनुसार आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गरिनेछ । काठमाडौं उपत्यकाभित्रका चिकित्सक तथा स्वास्थ्यकर्मी बिहान १० बजे माइतीघर मण्डलामा भेला भएर विरोध प्रदर्शन गर्नेछन् भने उपत्यकाबाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै आ–आफ्नो कार्यस्थलमा धर्ना र विरोध प्रदर्शन गरिने संघले जनाएको छ ।

Post navigation

Previous: उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल
Next: खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026
1
  • News

पहिरो, बाढी र वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.