Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेनजी प्रदर्शनमा ६५ सय राउन्ड गोली र ८ हजार सेल अश्रुग्याँस प्रहार

Kamal Tamang September 28, 2025 1 minute read
1
Share On:


काठमाडौं ।  जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो ।

प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका हतियार र खर्च भएका गोलीको विवरण तयार गरेको छ । अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार गरेको विवरण आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाइएको छ ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ४ हजार जङ्गी राउन्ड खर्च भएको विवरण समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरीका एकजना उच्च अधिकृतका अनुसार काठमाडौँको बानेश्वर सहित देशभर २५ सय राउन्ड भन्दा धेरै रबल बुलेट प्रहार गरेको भेटिएको छ ।त्यस्तै, भिड नियन्त्रण गर्न प्रहरीले २५ सय भन्दा धेरै ब्ल्यांक राउड फायर गरेको छ । ब्ल्यांक राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ  ।

प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौँ उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । उपत्यकामा प्रहरीले  बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा अश्रुग्याँस प्रहार गरेको थियो । 

प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा प्रहरी कर्मचारीले करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेको भेटिएको छ । मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस प्रहार गरिएको आन्तरिक रिपोर्टमा उल्लेख छ । 

Post navigation

Previous: दसैँ बिदामा पनि मानव अधिकार आयोगका कार्यालयहरू खुला रहने 
Next: विभिन्न कारागारबाट भागेका १२ कैदीबन्दी गोरखाबाट पक्राउ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.