Skip to content
November 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति

Kamal Tamang October 6, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  असोज १७ र १८ गतेको अबिरल वर्षापछि आएको बाढी पहिरोका कारण करीब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । उर्जा जलस्रोत, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार नदी कटान, डुबान र बाढीका कारण उक्त क्षति भएको हो । ‘प्रारम्भिक विवरणअनुसार करिब १५०० मिटर तटबन्ध कटान भई जम्मा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नदी नियन्त्रणतर्फ झापाको गौरीगञ्ज–२ मा कन्काई नदीले हुलाकी राजमार्ग नजिक करिब २०० मिटर तटबन्ध कटान गर्दा होकलबारी गाउँका ११४ घर बारी डुबानमा परेका छन् र करिब ५०० हेक्टर धान खेतमा क्षति भएको जनाइएको छ । सोही नदीले झापा गाउँपालिका–२ कुवाडीमा थप २०० मिटर तटबन्ध कटान गरी करिब २५ हेक्टर जमिनमा क्षति पुर्याएको छ । जसको अनुमानित लागत ७५ लाख रुपैयाँ पुगेको छ । यसैबीच, मेची नदीले विभिन्न स्थानका स्परमा क्षति पुर्याएको छ भने यसको लागत करिब ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

बिराटनगर महानगरपालिका–६ र १२ मा केशलिया नदीको बाढीले ७५ घरधुरी डुबानमा पारी विस्थापित हुनुपरेको छ । सिरहामा कमला नदीले पटेरुवाको तटबन्धमा क्षति पुर्याएको छ जसको अनुमानित लागत २५ लाख रुपैयाँ रहेको छ । रौतहटमा लालबकैया नदीले मौलापुर र बौदीमाई क्षेत्रमा करिब १८० मिटर तटबन्ध बगाउँदा करिब ३०० हेक्टर धान खेत र २०० घर गोठ डुबानमा परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यसबाट करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, महोत्तरीमा रातो नदीले बलवा, लोहरपट्टी, रतबारा तथा जलेश्वर क्षेत्रका तटबन्ध कुल ८९० मिटर कटान गरी ८ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ । यसले सदरमुकाम जलेश्वर समेत बाढीको उच्च जोखिममा पारेको छ ।

सिंचाइतर्फ भने, विभिन्न आयोजनाका गेट समयमै सञ्चालन गरिएकाले ठूला संरचनागत क्षति नभएको जनाइएको छ । तर, झाँज सिंचाइ प्रणाली नजिकै मोहमदपुर गाउँ डुबानमा परेको छ भने सुनसरी–मोरङ, बाग्मती र नारायणी सिंचाइ आयोजनाभित्रका खोल्साले खेती योग्य जमिनमा कटान गरेका छन ।

यस्तै, सुनकोशी नदीको बाढीले निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध स्थल डुबानमा पारेको छ । कफर ड्यामसहितका संरचनाको वास्तविक अवस्था भने एकिन हुन सकेको छैन् । त्यस्तै, कोशी र बाग्मती प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङलगायत पहाडी जिल्लामा पहिरोका घटनाहरू भएका छन् । यद्यपि सो क्षेत्रका क्षतिको विस्तृत विवरण संकलन भइसकेको छैन ।

Post navigation

Previous:  दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ
Next: देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.