Skip to content
November 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

देशभरका मुख्य राजमार्गहरुको पछिल्लो अवस्था कस्तो छ ?

Kamal Tamang October 6, 2025
1
Share On:

काठमाडौं । देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरूको अवस्था बारे सड्क विभागले पछिलो अवस्था सावर्जनिक गरेको छ ।सोमबार दिउँसो १२ः४५ बजे सम्मको अवस्थाबारे जानकारी दिदै विभागले नागढुंगा–मुग्लिन, नारायणगढ–बुटवल, मुग्लिन–नारायणगढ, सिद्धार्थ राजमार्ग, त्रिभुवन राजमार्ग, कालीगण्डकी करिडोर (डेढगाउँ–गैडाकोट) र धरान–धनकुटा सडकखण्डमा कुनै अवरोध नभई सवारी आवागमन सहज भएको जनाएको छ ।

तर, काठमाडौं–फर्पिङ हुँदै भैँसे–हेटौंडा र खुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्डमा पहिरो र नदी कटानका कारण यातायात अवरुद्ध भएको छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा भने एकतर्फी आवागमन खुला गरिएको जानरी दिएको छ ।

अरनिको राजमार्गमा एकतर्फी आवागमन भइरहेको छ भने कान्ति लोकपथको घट्टे पाखामा पुनः पहिरो खसेर बाटो अबरुद्ध भएको विभागले जनाएको छ । मेची करिडोरमा माईखोला र पुवाखोला पुल बगाएको र थादे खोलाको बक्स कल्भर्ट क्षेत्रमा डुबान भएर यातायात सञ्चालन कठिन भएको छ ।

हुलाकी सडकको वीरगञ्ज क्षेत्रमा क्षति नभए पनि कमला क्षेत्रमा बाढी सतह उच्च छ भने कन्काई पुल नजिकै सडक बगाएको र लोहन्द्रा पुलमा भराइको जोखिम बढेको छ ।पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत मेची नगरपालिका–१ मा काली खोलाको डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ । सम्बन्धित निकायले करिब बेलुकी ५ बजेसम्म वैकल्पिक व्यवस्था पूरा गर्ने जनाइएको छ ।

मध्यपहाडी राजमार्गको रामेछाप–सिन्धुली खण्डमा उपकरण परिचालन भइसकेको छ । खुरकोट–घुर्मी र जयाराम–हलेसी खण्डमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने बाँकी खण्डमा मर्मत कार्य जारी छ । त्यस्तै, मेची राजमार्गमा जोरकलशदेखि माइखोला रक्सेसम्म विभिन्न स्थानमा सडक बगाउँदा अवरोध भएको छ । कतिपय स्थानमा पुनर्निर्माणका लागि तीनचार दिन लाग्ने अनुमान गरिएको छ ।

Post navigation

Previous: बाढी पहिरोका कारण करिब १० करोड बराबरको क्षति
Next: भीषण पहिरोले दार्जिलिङ र आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति, १८ नेपालीभाषीसहित २३ को मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.