Skip to content
September 15, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सेयर बजारमा उच्च गिरावट, कति भयो कारोबार  ?

Kamal Tamang October 12, 2025 1 minute read
1
Share On:


काठमाडौं । सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अङ्कको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८.८३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २५०३.५३ अङ्कमा झरेको छ । 

कारोबारको सुरुवातदेखि नै उच्च अङ्कले घटेको बजार पहिलो २ घण्टासम्म निरन्तर घटेको थियो । यो अवधिमा झण्डै ८७ अङ्क घटेको बजारले २४ सयको लाइन छोएको थियो । त्यसपछि भने बजार सम्हालियो । अन्तिम २ घण्टामा बजारले सामान्य सुधार गर्दै २५ सयभन्दा माथि रहेर बजार बन्द भएको हो । 

आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत, अन्य क्षेत्रका कम्पनीमा सर्वाधिक ४.७९ प्रतिशत गिरावट आएको छ । फाइनान्स, हाइड्रो र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशत भन्दा धेरैको गिरावट छ । सबैभन्दा कम घट्ने म्युचुअल फण्डमा ०.९९ प्रतिशतको गिरावट छ । 

बजारमा आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट नलागे पनि ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बजारमा आज नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६.०१ प्रतिशतको वृद्धि देखिएको छ । 

बजारमा आज नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड, एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भई सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष स्थानमा परेका छन् ।

Post navigation

Previous: भीआईपी तथा भीभीआईपीको सुरक्षामा खटिएका २७१ सुरक्षाकर्मी फिर्ता
Next: त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसकेको थाई लायनको जहाज लखनऊ ‘डाइभर्ट’

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.