Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

 स्वस्तिमा खड्कालाई इनड्राइभको नेपाल “ब्रान्ड एम्बेसडर” घोषणा

Kamal Tamang October 13, 2025 1 min read
1
Share On:


काठमाडौं ।  विश्वव्यापी मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपालका लागि ब्रान्ड एम्बेस्डरको रूपमा चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । सो घोषणासँगै कम्पनीले आफ्नो नयाँ ३६० डिग्री क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” पनि सार्वजनिक गरेको छ । यो क्याम्पेनले स्वतन्त्रता, निष्पक्षता र पारदर्शितामा कम्पनीको मूल विश्वासलाई प्रतिविम्बित गर्दछ ।

यो क्याम्पेनले इनड्राइभको पियर–टू–पियर (एद्दए) मोडेललाई केन्द्रीय अवधारणा बनाएको छ, जसअन्तर्गत प्रयोगकर्ताहरूले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकसँग प्रत्यक्ष रूपमा मोल मोलाई गर्न सक्ने सुविधा प्राप्त गर्दछन् । यस सिस्टमले बराबरी, सम्मान र सहमतिको वातावरण सृजना गर्दै प्रत्येक यात्राको केन्द्रमा “स्वतन्त्रताको अधिकार” स्थापित गर्छ ।
क्याम्पेनको मूल उद्देश्य “रोजाइको स्वतन्त्रता” हो जसले प्रयोगकर्तालाई आफ्नो चालक रोज्ने, यात्राको भाडा आफैं निर्धारण गर्ने र एपमार्फत प्रत्यक्ष मोल मोलाई गर्ने स्वतन्त्रता दिन्छ । इनड्राइभ एपमार्फत यात्रुहरूले आफ्नै प्रस्तावित भाडा राख्न वा उपलब्ध चालकहरूको अफरहरु मध्ये गाडीको मोडेल, चालकको रेटिङ, र गाडी आउन लाग्ने समयका आधारमा छनोट गर्न सक्छन् । यसले यात्रु र चालक दुवैका लागि पारदर्शिता र नियन्त्रण सुनिश्चित गर्छ ।

स्वस्तिमा खड्का यस क्याम्पेनको ब्रान्ड एम्बासडर बनेसँगै इनड्राइभले नेपाली दर्शक, विशेषगरी स्वतन्त्रता, मौलिकता र सशक्तीकरण चाहने युवावर्गसँग आफ्नो सम्बन्ध अझ गाढा बनाउने लक्ष्य राखेको छ । क्याम्पेनको सन्देश “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” ले इनड्राइभको “पिपुल फस्र्ट” मिशनलाई बलियो बनाउँदै निष्पक्षता र स्वतन्त्रता माथि आधारित समुदाय निर्माणको भावना प्रष्ट पार्दछ ।

इनड्राइभका एशिया–प्यासिफिक रिजनल डाइरेक्टर मार्क टल्लीले भने, “हाम्रो ३६०ड्ढ क्याम्पेन “इनड्राइभसँग यात्रा तपाईंकै रोजाइमा” ले इनड्राइभका प्रमुख मूल्यहरू, स्वतन्त्रता, समानता, र समुदायलाई मूर्त रूप दिएको छ । नेपालमा हाम्रो ब्रान्डको प्रतिनिधित्व गर्न स्वस्तिमा खड्का जस्तो प्रभावशाली व्यक्तित्व पाउनु गर्वको विषय हो । उनको आत्मिकता, सत्यनिष्ठा र मूल्यहरु इनड्राइभको दर्शनसँग पूर्णरूपमा मेल खान्छ ।”

इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रीता पोखरेलले भनिन्,“इनड्राइभ सधैं समुदायलाई सशक्त बनाउने र समुदायका मानिसहरुलाई वास्तविक रोजाइको स्वतन्त्रता दिने पक्षमा रहँदै आएको छ । यो क्याम्पेन र स्वस्तिमा खड्काको सहकार्यले निष्पक्ष गतिशीलता र पारदर्शिता प्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ । नेपालका प्रत्येक यात्रु र चालकहरुले उनीहरूको रोजाइ साँच्चिकै महत्त्वपूर्ण छ भनेर महसुस गरुन भन्ने हामी चाहन्छौँ ।”

त्यस्तै ब्रान्ड एम्बासडर स्वस्तिमा खड्काले आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“इनड्राइभ नेपालको क्याम्पेनमा ब्रान्ड एम्बेस्डरको रूपमा जोडिन पाउँदा म अत्यन्त उत्साहित छु । इनड्राइभ निष्पक्षता र स्वतन्त्रताको पक्षमा उभिएको प्लेटफर्म हो । यात्रु र चालकले एकअर्कासँग मिलेर उचित मूल्य निर्धारण गर्न सक्ने सिस्टम मलाई अत्यन्तै मनपर्छ । यो परस्पर सम्मान, पारदर्शिता र सशक्तीकरणको कुरा हो, जुन म आफैं पनि अत्यन्तै विश्वास गर्छु ।”

३६०ड्ढ क्याम्पेन डिजिटल, आउटडोर र अन ग्राउण्ड एक्टिभेसनहरू मार्फत देशभर लागू गरिनेछ, जसले एकीकृत संचार अनुभव प्रदान गर्नेछ । यस पहलद्वारा इनड्राइभले आफूलाई “पिपुल ड्रिभन प्लेटफर्म” को रूपमा पुनः स्थापित गर्दै निष्पक्ष मूल्य निर्धारण, रोजाइको स्वतन्त्रता र सामुदायिक सशक्तीकरणको सन्देशलाई मजबुत बनाएको छ ।

इनड्राइभ नेपालमा आफ्नो सेवा र सामुदायिक संलग्नता विस्तार गर्न प्रतिबद्ध छ, जसले आर्थिक अवसरहरू, फेयर मोबिलिटी, र सबैका लागि रोजाइको स्वतन्त्रता सुनिश्चित गर्दछ ।

Post navigation

Previous: जेनजी प्रतिनिधिहरुसँग राष्ट्रपति रामचन्द्र पौडेलको छलफल अनिश्चित
Next: अमेरिकामा नियन्त्रण गुमाएर सडकमा आयो विमान, ट्रकसँग भीषण ठक्कर

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.