काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति ट्रम्पको गाजा शान्ति योजना अन्तर्गत इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेका छन्।
उनले यस युद्धविरामलाई स्थायी शान्तिमा रूपान्तरण गर्न अपील गरेका छन् । गुटेरेसले गाजामा आर्थिक सहयोगको विषयमा पनि चिन्ता व्यक्त गरे।
उनले भने, ‘संयुक्त राष्ट्र र यसका साझेदारहरूले द्रूत गतिमा राहत कार्यहरू सञ्चालन गरिरहेका छन्। उनीहरू महिनौँदेखि सम्पर्कविहीन भएका इलाकाहरूमा पुगिरहेका छन्।’
