काठमाडौं । धनकुटाको निगालेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुर्घटनामा ६ जना घाइते भएका छन् । बसमा ३० जना सवार थिए । विराटनगरबाट धनकुटाको महालक्ष्मी नगरपालिका जाँदै गरेको बस बुधबार दिउँसो दिगालेमा दुर्घटना भएको थियो ।
प्रदेश १०२००१ ख ९६०६ नम्बरको बस दुर्घटना हुँदा महालक्ष्मी–७ की ५५ वर्षीया गंगा कार्की र ६० वर्षीय डिल्ली बरालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
