काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो ।
काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए ।उनले उपलब्ध गराएको आफ्ना विवरण अनुसार, जन्मदर्ता विसं २०६३ चैत १० गते र नागरिकता उनले ०७९ साल असार महिनामा जारी गरेको देखिन्छ ।
