Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

निरन्तर हिमपातः  अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार

Kamal Tamang October 30, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार गरेको छ ।

म्याग्दीदेखि मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’मा हिउँले बाटो पुरिएपछि समस्यामा परेका पर्यटक उद्धार गर्न मुस्ताङ तर्फबाट सुरक्षाकर्मी टोली परिचालन भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका पर्यटकहरु सोमबार रातीदेखिको बर्षा र हिमपातका कारण पैदलमार्ग पुरिएपछि फर्कन नसकेर समस्यामा परेका थिए ।

शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरबाट प्रहरी निरीक्षक बिनोद पौडेलको नेतृत्वमा गएको सात जना शसस्त्र, तीन जना जनपद प्रहरी र स्थानीय उद्धारकर्मी इन्द्रसिंह शेरचनको टोलीले पर्यटकको उद्धार गरेको हो ।

गुल्मपति प्रमुख प्रहरी नायव उपरीक्षक लिलाबहादुर भुजेलले १७ विदेशी सहित ७२ जना पर्यटकहरुलाई आधार शिविरबाट उद्धार गरेर बिहीबार बिहान हुमखोला झारिएको र उनिहरु सकुशल रहेका जानकारी दिए ।

“हिउँले पदमार्ग पुरिएपछि बाटो बिराएका २० जनालाई डोरीको सहायताले उद्धार गरिएको छ,” उनले भने “उद्धार टोलीले पदमार्गमा थुपिएको हिउँ पन्छाएर सबै पर्यटकलाई सुरक्षित ठाउँमा ल्याएको छ ।”

अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग खाली बनाएर सबै पर्यटकहरुलाई सकशुल सुरक्षित ठाउँमा ल्याइएको प्रनाउ भुजेलले जानकारीदिए । वर्षा, हिमपात र मौसम खराब भएपछि समुन्द्रि सतहदेखि चार हजार एक सय ९० मिटर उचाईको आधार शिविर भ्रमणमा गएका पर्यटकहरु बास बसेकै ठाउँमा रोकिएका थिए ।

हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाट, भुसकेत मेला र पञ्चकुण्डको होटलमा बसेका पर्यटकहरु सुरक्षाकर्मीहरुको सहायतामा फर्किएका छन् । मंगलबार दिनभर हिमपात भएको उक्त क्षेत्रमा बुधबार मौसम सफा भएको थियो भने बिहीबार बिहानदेखि पुन हिउँ पर्न थालेको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले हिमपात र बर्षाका कारण हुन सक्ने सम्भावित जोखिमको आँकलन गरेर सोमबार देखि कात्तिक १४ गतेसम्म अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको बताए ।

खोप्रालेक, घोडेपानी, पुनहिल, मोहरेडाडा लगायत क्षेत्रको भ्रमणमा नजान र सतर्कता अपनाउन प्रशासन तथा अन्नपूर्ण गाउँपालिकाले सार्वजनिक सूचना मार्फत अपिल गरेका छन् ।

यसैगरी म्याग्दीको धवलागिरी–४ मुदीमा पर्ने धौलागिरि हिमालको आधार शिविर हुँदै मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फा जाने क्रममा समुन्द्री सतहदेखि पाँच हजार एक सय मिटर उचाईको ‘हिडन भ्याली’मा समस्यामा परेका तीन जना बेलायतका महिला पर्यटक र १२ जना नेपाली पथप्रर्दशक तथा मजदुरहरुको उद्दारका लागि सुरक्षाकर्मीको टोली परिचालन भएको छ ।

जोमसोम देखि बुधबार गएको नेपाली सेना, शसस्त्र र जनपद प्रहरीको तालिमप्राप्त सुरक्षाकर्मीहरुको टोली बिहिबार बिहान समुन्द्रि सतहदेखि तीन हजार सात सय मिटर उचाईमा अवस्थित मार्फाको आलुबारी पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुषालले बताए।

“पर्यटकको टोली हिडन भ्यालीबाट धम्पुल लेकमा आइपुगेको जानकारी पाएका छौ,” उनले भने “सुरक्षाकर्मीको टोलीले बाटो बनाउदै लेकतर्फ गइरहेको छ । मौसमले साथ दिएमा दिउँसोसम्म सुरक्षाकर्मी र पर्यटकको भेट हुने अनुमान गरेका छौ ।”

जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालयका सेनानी प्रशान्त बिष्टको नेतृत्वमा १५ तालिमप्राप्त सुरक्षाकर्मीहरु उद्धारमा परिचालन

Post navigation

Previous: महालक्ष्मी विकास बैंक आईएसओ ९००१ः २०१५ बाट पुनः प्रमाणित
Next: २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.