काठमाडौं । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बिहीबारदेखि नै कार्यभार समालेको बैंकले जनाएको छ ।
गत सोमबार बसेको एनआईसी एसिया बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई चारवर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको थियो ।
नबिल बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (सीडीसीईओ)का रूपमा कार्यरत रहँदै एनआईसी एसियाले उनलाई सीईओ नियुक्त गरेको थियो । सोही दिन उनले नबिलको सीडीसीईओबाट राजीनामा दिएका थिए ।
नबिलको सञ्चालक समिति बैठकले उनको राजीनामा स्वीकृत गरेपछि बिहीबारदेखि कार्यभार समालेका हुन् ।
