Skip to content
November 4, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

२५९६ अंकमा झर्‍यो सेयर बजार, कति भयो कारोबार ? 

Kamal Tamang November 6, 2025
2
Share On:


 काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से २५९६ अंकमा झरेको छ । अघिल्लो दिन २६०७ अंकमा रहेको बजारको परिसूचक नेप्से आज ११.२९ अंक घटेको हो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४१ करोडको भयो ।

७७ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो भने ९ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।

बैंकिङ ०.४३, विकास बैंक ०.५४, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.२५, जलविद्युत् ०.६८, लगानी ०.११, जीवन बीमा ०.५७, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.९९, अन्य ०.६२ तथा व्यापार ०.२१ प्रतिशत घटे । उत्पादन तथा प्रशोधन समूह ०.१२ प्रतिशत बढ्यो ।

दरामखोला हाइड्रोपावर र माबिलुङ इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । यी दुबै कम्पनी हालै सूचीकृत भइ कारोबारमा आएका हुन् । दरामखोलाको मूल्य प्रतिकित्ता ४४२.४० तथा माबिलुङको ४२२.७० कायम भएको छ । उपकार लघुवित्तको ८.१५, उन्नति सहकार्य लघुवित्तको ८.११ तथा मानुषी लघुवित्तको मूल्य ७.९७ प्रतिशत बढ्यो ।

सम्पदा लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । पिपुल्स पावरको ४.३७, मोदी इनर्जीको ३.०७ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा शिवम् सिमेन्ट, राधि विद्युत्, हिमालयन डिस्टिलरी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर रहे ।

Post navigation

Previous: सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको प्रदर्शन
Next: सामसङको नयाँ फोन एम १७ नेपालमा, मूल्य २५ हजार ९९९ बाट सुरू

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.