Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

१९ औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा ग्लोबल आइएमईको रक्तदान कार्यक्रम

Kamal Tamang January 16, 2026
1
Share On:


काठमाडौँ । ग्लोबल आइएमई बैंकले १९ औँ वार्षिकोत्सवको अवसरमा देशका सातै प्रदेशमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले आफ्ना घोषित १९ संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ५५८ जना रक्तदाताले रक्तदान गरेका छन्। संकलित रगत गरिब, विपन्न तथा न्यून आय भएका बिरामीहरूको उपचारका लागि प्राथमिकताका साथ वितरण गरिने बैंकले जनाएको छ।

कोशी प्रदेशको तीनपैनी, मधेशको बर्दिवास, बाग्मतीको कान्तिपथ र नारायणगढ, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र नेपालगञ्ज, कर्णालीको सुर्खेत तथा सुदूरपश्चिमको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको निजी क्षेत्रको पहिलो बैंक ग्लोबल आइएमईले हालै ‘बेष्ट बैंक नेपाल २०२५ र युरो मनी अवार्ड’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरिसकेको छ। बैंकले देशभरका एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ।

Post navigation

Previous:  देउवा पक्षका नेताहरू पुगे निर्वाचन आयोग, आयोग घेर्ने तयारीमा तरुण दल
Next: सबै क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.