काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य सागर ढकाल यसपालि डडेल्धुराबाट चुनाव नलड्ने भएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ।
रास्वपा केन्द्रीय सदस्य ढकालले यसपालि आफू डडेल्धुरामा उम्मेदवार नहुने बताए। ‘पहिले म डडेल्धुराबाट चुनाव लडेको थिएँ, शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्दा पनि धेरै मत ल्याएको थिएँ,’ उनले भने, ‘हाम्रो कुरा रूपान्तरण र पुस्तान्तरण होस् भन्ने हो, निर्वाचन आयोगले कांग्रेस पार्टीबारे दिएको निर्णयसँगै मेरो मिसन पूरा भयो।’
उनले गुल्मी वा रूपन्देहीमध्ये एक ठाउँबाट आफू निर्वाचनमा लड्नेबारे कुराकानी भइरहेको उनले बताएका छन्।सम्भवत गुल्मी–१ बाट चुनाव लड्छुु, ढकालले भने, रुपन्देहीका निर्वाचन क्षेत्रबारे पनि कुराकानी जारी छ। टुङ्गो लागेको छैन।
