Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

लहानमा मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै बालेनले सुरू गरे चुनावी अभियान  

Kamal Tamang January 19, 2026
1
Share On:

काठमाडौं । वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रवेश गरेका बालेन शाहले आज सोमबार बिहान मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै आफ्नो चुनावी अभियान सुरू गरेका छन्।

झापा–५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध चुनाव उठ्न लागेका बालेनले आइतबार दिउँसो मेयर पदबाट राजीनामा दिएका थिए। त्यसलगत्तै रास्वपाको पार्टी कार्यालय घन्टीघर पुगेका बालेन वरिष्ठ नेताको पदभार ग्रहण गरेर साँझको फ्लाइटमा जनकपुर पुगेका थिए।

उनले सोमबारबाट आफ्नो राजनीतिक अभियान सुरू गरेका छन्। त्यस क्रममा बिहानै मधेस आन्दोलन क्रममा सहिद भएकाहरूको सम्झनास्वरूप लहानमा निर्माण गरिएको मधेसी सहिद पार्कमा गएर माल्यार्पण गरे।

आजै जनकपुरमा रास्वपाको सभा पनि छ, जसमा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह सहभागी हुँदै छन्। पुस १३ गते रास्वपा सभापति लामिछानेसँग सातबुँदे सहमति हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका बालेन पहिलो पटक कार्यालय छिरेका हुन्। तर उनी १५ मिनेटभन्दा बढी कार्यालयमा बसेनन्।

स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयर जितेका बालेनले रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन्। उनले आइतबारैदेखि लागू हुने गरी उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका थिए।

Post navigation

Previous:  आज सोनाम ल्होछार पर्व, विविध कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदै तामाङ समुदाय
Next:  निर्वाचनको लागि आचारसंहिता लागू, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.