Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

बाबुराम र गोपालले उम्मेदवारी फिर्ता लिए, कसलाई सहयोग गर्ने ? 

Kamal Tamang February 1, 2026 1 min read
1
Share On:

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुई वटै निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको ९ दिनसम्म पनि कसलाई सहयोग गर्ने निर्णय लिएको छैन। प्रलोपाबाट गोरखा १ मा गोपालबाबु श्रेष्ठ र गोरखा २ मा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माघ ६ गते उम्मेदवारी दर्ता गरेर माघ ९ गते फिर्ता लिएका थिए।

प्रत्यक्षतर्फ उम्मेदवारी फिर्ता भएको दुई साता हुँदासमेत प्रलोपा गोरखाले प्रत्यक्षतर्फ कुन पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हो निर्णय गरिसकेको छैन।
प्रलोपा गोरखाले समानुपातिकतर्फ भने दुवै क्षेत्रमा पार्टीकै चुनाव चिह्न खुलेको आँखामा भोट मागिरहेको छ। उम्मेदवारी फिर्ता लिएका पूर्वप्रधानमन्त्री भट्टराईले पनि समानुपातिकतर्फ प्रलोपालाई मत मागेका छन्।

‘अब आँखा खोलौं। फागुन २१ गते समानुपातिकतर्फ गत एक दशकदेखि नयाँ शक्ति अभियानको सूत्रधार बन्दै आएको तथा उन्नत विचार सहितको विकल्प प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० को चुनाव चिह्न ुखुलेको एकल आँखाुमा मतदान गरौं,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।

प्रलोपा गोरखा संयोजक नारायण खत्रीले विज्ञप्ति जारी गरेर गोरखा १ र २ मा प्रलोपाको उम्मेदवार खाली हुन गएको उल्लेख गरेका छन्। ‘समानुपातिक उम्मेदवार कायम रहिरहेको हुँदा दुवै क्षेत्रका लागि छुट्टाछुट्टै निर्वाचन परिचालन समिति गठन गरिएको छ,’ उनको भनाइ छ।

साथै उनले क्षेत्र नम्बर १ का लागि केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज यानप्रसाद भट्टको संयोजकत्वमा १०१ र क्षेत्र नम्बर २ का लागि जिल्ला संयोजक नारायण खत्रीको संयोजकत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको उल्लेख गरेका छन्।

उनकाअनुसार राजनीतिक संवादका लागि ३ सदस्यीय समिति पनि गठन गरिएको छ। यानप्रसाद भट्टको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको उनको भनाइ छ। 

प्रलोपाले रूकुममा भने एमालेसँग चुनावी तालमेल गरेको छ। रूकुम पश्चिममा प्रलोपा नेता जनार्दन शर्मा र रूकुम पूर्वमा केन्द्रीय सदस्य सन्दीप पुन उम्मेदवार छन्। सहमतिअनुसार एमालेले शर्मा र पुनलाई सहयोग गर्नेछ।

साथै प्रलोपाले कर्णालीका हुम्ला र जुम्लाबाहेक जिल्ला तथा पुरानो राप्ती अञ्चलका जिल्लामा एमालेलाई सहयोग गर्ने सहमति भएको थियो। यो सहमतिमा एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रलोपा अध्यक्ष दुर्गा सोबले माघ ११ गते हस्ताक्षर गरेका थिए।

Post navigation

Previous: निर्वाचनमा रास्वपाको सकरात्मक माहोल निर्माण भएको तोषिमा कार्कीको दाबी 
Next: आज सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो तोलाको ? 

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.