Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

शिखर पावरको आईपीओमा आवेदन अवधि फागुन ८ गतेसम्म थप

Kamal Tamang February 3, 2026
1`
Share On:


काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने समयावधि थप गरेको छ । कम्पनीले मागअनुसार आवेदन नपुगेपछि आवेदन अवधि लम्ब्याएको हो ।

कम्पनीले माघ ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेको थियो । यसअघि माघ २० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर, तोकिएको अवधिभित्र पर्याप्त आवेदन नआएकाले अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निर्धारित समयअगावै पर्याप्त आवेदन प्राप्त भएमा फागुन ८ गतेभन्दा अघि नै आईपीओ निष्कासन बन्द गरिने पनि कम्पनीले स्पष्ट पारेको छ ।

नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएअनुसार कम्पनीले कुल ३२ करोड रुपैयाँ बराबरको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ९ करोड ८० लाख रुपैयाँ बराबरको ९ लाख ८० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको हो ।

उक्त सेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू तथा आयोजनाको विद्युत प्रसारण लाइनबाट प्रभावित ढोरपाटन नगरपालिका वडा नं. २ ९साविक बुर्तिवाङ गाविसका वडा नं। २, ३, ४ र ५० का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

यस्तै, बाँकी २२ करोड २० लाख रुपैयाँ बराबरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको थियो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । उनीहरूले ग्लोबल आइएमई बैंक नक्साल, बुर्तिवाङ र बागलुङ बजार शाखा, प्रभु बैंक ग्वालीचौर शाखा, गरिमा विकास बैंक बुर्तिवाङ शाखा तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक बुर्तिवाङ शाखामार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।

Post navigation

Previous:  महावीर पुनले रिसाएर मन्त्री पद राजिनामा दिएर जानुभएको हो : प्रधानमन्त्री कार्की
Next:  श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आत्महत्या

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.