काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघ्चीले अमेरिकासँग आणविक वार्ता शुक्रबार ओमानमा हुने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत अमेरिकासँग आणविक वार्ता गर्न लागिएको जानकारी दिएका हुन्।
इन्स्टाग्राममा उनले लेखेका छन्, ‘अमेरिकासँग आणविक वार्ता शुक्रबार बिहान १० बजेतिर मस्कट (ओमानको राजधानी) मा हुने तय भएको छ।’यस क्रममा उनले वार्ताका लागि व्यवस्था मिलाएकामा ओमानप्रति आभार पनि प्रकट गरेका छन्।
यसअघि अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरान यस हप्ता वार्ता चाहन्छ भने अमेरिका तयार रहेको बताएका थिए। उनले वार्तामा इरानको आणविक र क्षेप्यास्त्र कार्यक्रमका विषयमा पनि छलफल गरिनुपर्ने बताएका छन्।
