Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भारतको कोइलाखानीमा विष्फोटमा परि खोटाङका तीन युवकको मृत्यु, एक बेपत्ता

Kamal Tamang February 9, 2026
1
Share On:


काठमाडौं ।   भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ। मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन्। पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। विष्फोटमा परेर हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्।खानीभित्रै विष्फोट भएकाले बेपत्ता राईको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। उनको नागरिकता र मोबाइल भने कोठामै भेटिएको छ।

विष्फोटमा बरापोखरीकै कर्णबहादुर खपाङ्गी मगर, बमबहादुर खपाङ्गी मगर र उदयपुरका ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सँगै काम गर्ने साथीहरूले विष्फोटपछि उद्धार गरिएका शवहरू आगोले डढेर चिन्नै नसकिने अवस्थामा रहेको जानकारी दिएका छन्।

रोजगारीका लागि भारत पुगेका युवाहरूको अकालमा ज्यान गएपछि गाउँ नै शोकमा डुबेको छ। मृतकका आफन्तहरू शव लिन मेघालय पुगे पनि कानुनी प्रक्रिया र खर्चको अभावमा शव नेपाल ल्याउन कठिनाइ भएको छ। घाइतेको उपचार र शव स्वदेश ल्याउनका लागि स्थानीय स्तरमा सहयोग सङ्कलन अभियान समेत सुरु गरिएको छ।

Post navigation

Previous: नेपाल टेलिकमका प्रिपेड ग्राहकले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने
Next: सशस्त्र र तस्कर समूहबीच झडपः प्रहरीमाथि नै आक्रमण, तीन जना घाइते

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.