Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सेयर बजारको ओरालो यात्रा जारी, परिसूचक १० अंकले घट्दा साढे ८ अर्बको कारोबार

Kamal Tamang February 10, 2026
nep
Share On:


काठमाडौं ।  मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति निरन्तरता दिएको हो ।

यस दिन नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले गिरावट देखीएको छ ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन १० अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको बजारमा मंगलबार ३२४ कम्पनीका २ करोड १७ लाख १५ हजार कित्ता शेयर ८९ हजार ८३६ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ ।

यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशतले बढेको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले उक्लिएको छ भने आरबिबि फोकस ४० म्युचुअल फण्डको इकाईमूल्य करिब ४ प्रतिशतले बढेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिडी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ ।

१३ उपसमूहमध्ये मंगलबार २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेका छन् । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।

Post navigation

Previous: कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता
Next: तामाकोशी नदीमा भएको बस दुर्घटनाः अपडेटः मृतकको संख्या १२ पुग्यो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.