Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

निषेधाज्ञा तोडेर पूर्वराजालाई स्वागत गर्न एयरपोर्ट जाने तयारीमा राजावादीहरू

Kamal Tamang February 13, 2026
1
Share On:


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राजावादीहरू शुक्रबार त्रिभुवन विमानस्थल जाने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता लगायत राजावादी अभियानमा संलग्न विभिन्न व्यक्तिहरु शुक्रबार मध्याह्न विमानस्थल पुग्ने भएका हुन्।

काठमाडौं प्रशासनले त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि विमानस्थल परिसर क्षेत्रभित्रको सम्पूर्ण सडक, आन्तरिक टर्मिनल क्षेत्र, अन्तराष्ट्रिय टर्मिनल क्षेत्र, पार्किङ क्षेत्र लगायतको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। त्यसका बाबजुद पनि राप्रपाका नेताहरूले विमानस्थलमा पूर्वराजालाई स्वागत गर्न विमानस्थल जाने निश्चित भएको प्रवक्ता मोहन श्रेष्ठले बताएका छन्।

ुहामी पूर्वराजालाई स्वागत गर्न जान्छौं। पूर्वराजा आउने कार्यक्रमलाई लक्ष्य गरेर निषेधाज्ञा लगाएको हुनाले हामी मान्दैनौं,ु उनले सेतोपाटीसँग भने।पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा पार्टीको ब्यानर र झन्डा प्रयोग नहुने उनले बताएका छन्। ुहामी राष्ट्रिय झन्डा लिएर जाने हो, पार्टीको ब्यानर र झन्डा होइन,ु प्रवक्ता श्रेष्ठले भने।

पूर्वराजालाई स्वागत गर्ने कार्यक्रममा नेता कमल थापा, महामन्त्री धवलशम्शेर राणा लगायतका नेताहरू सहभागी हुने भनिएको छ।प्रवक्ता श्रेष्ठले पूर्वराजालाई स्वागत गर्न मध्याह्न १२ बजे आसपास भेला हुने बताएका छन्।राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि निषेधाज्ञा मान्य नहुने बताएका छन्।

ुजिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञा चुनाव विथोलिन नदिन हो कि आफै विथोल्न लागेको होरु संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ? उनले फेसबुकमा लेखेका छन्।

नेता कमल थापाले पनि आफू विमानस्थलमा उपस्थित हुने बताएका छन्।विमानस्थलको सुरक्षा गर्नु सरकारको कर्तव्य हो। त्यसमा कसैले आपत्ति गर्नु जरुरी छैन। तर विमानस्थल बाहिर शान्तिपूर्णरुपमा उपस्थित भएर राजाको स्वागत गर्न कसैले छेक्न सक्दैन। हामी स्वागतमा जान्छौं। तपाईँको पनि उपस्थितिका लागि अनुरोध गर्दछु,ु थापाले फेसबुकमा लेखेका छन्।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पनि विमानस्थलमा आउन आह्वान गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। ‘देश बचाउन, धर्म जोगाउन, विदेशमा रहेका विखण्डित नेपाली परिवारलाई एकताबद्ध गर्न सम्पूर्ण देशप्रेमी, राष्ट्रभक्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई फागुन १ गते दिनको ठीक ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलतर्फ उपस्थित भई कार्यक्रमलाई भव्य, शान्तिपूर्ण र ऐतिहासिक बनाउन हार्दिक आह्वान गर्दछौं,’ उनले भनेका छन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बुधबार विज्ञप्ती जारी गरी त्यस्ता कार्यक्रमबारे प्रशासनसँग कसैले पनि पूर्वस्वीकृति नलिएको बताएका छन्।देश निर्वाचनमा गइसकेको अवस्था र आचारसंहिता पनि लागू भएको बेलामा यस्ता भेला र प्रदर्शनका लागि भएको आह्वानप्रति काठमाडौं प्रशासनले ध्यानाकर्षण भएको जनाउँदै निषेधाज्ञा जारी गरेको हो।

Post navigation

Previous: बङ्गलादेश निर्वाचनः बीएनपीलाई बहुमत, रहमान बन्नेछन् प्रधानमन्त्री
Next: सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.