Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन हो – कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

Kamal Tamang February 13, 2026
1
Share On:

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन भएको बताएका छन् । सामुदायिक रेडियो प्रसारक संघले १५ औँ विश्व रेडियो दिवसका अवसरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि लय र अनुशासनबाट बाहिरिएको मुलुकलाई लयमा फर्काउन आयोगले निष्ठापूर्वक निर्वाचन सम्पन्न गर्न काम गरिरहेको बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सम्पन्न गराउन रेडियोकर्मीलगायत आमसञ्चारकर्मीको महत्त्वूर्ण भूमिका रहेकाले सोहीअनुसार सहयोग गर्न आह्वान गरे । उनले सामाजिक सञ्जालबाट गलत, भ्रामक र हानिकारक सूचना फैल्याएर निर्वाचन बिथोल्न खोज्ने प्रयास पनि भइरहेकाले सामुदायिक रेडियोहरूले जागरण एवं चेतना फैल्याउनुपर्नेमा जोड दिए ।

‘सामाजिक सञ्जालबाट प्रवाह हुने गलत, भ्रामक र हानिकारक सूचना रोक्न टिकटकसँग समझदारी भइसकेको छ, मेटासँग पनि सम्झौता हुने क्रममा छ । यस्ता सूचनाको सत्यतथ्य के हो भन्ने परीक्षण गर्न देशभित्रका अन्य मिडियासँग पनि सम्झौता भएको छ,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ।

कार्यक्रममा संघले रेडियोकर्मीका लागि बनाएको निर्वाचन आचारसंहिता वाचन गरेर सुनाइएको थियो । संघले जारी गरेको आचारसंहिता र निर्वाचन आचारसंहिताबारे पनि सबै सामुदायिक रेडियोबाट जानकारी गराई जागरण फैल्याउन सहयोग गर्न पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आग्रह गरेका थिए ।

Post navigation

Previous: राष्ट्रियसभाको आजको बैठकः मधेशदेखि कर्णालीसम्मका मुद्दाको चर्चा
Next: एनआई सी एशिया बैंकद्वारा ६.९९ प्रतिशत स्थिर ब्याजदरमा १० करोडसम्मको ‘एनआई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.