Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

आज महाशिवरात्रि, शिवालयमा दर्शनार्थीको घुइँचो

Kamal Tamang February 15, 2026 1 min read
1
Share On:


काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा आज केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका लागि चारै ढोका खुला गरेर पूजा एवं दर्शनको व्यवस्था गरिएको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले आज बिहान ४ः०० बजेदेखि मन्दिरको चारै ढोका खुला गरेर मन्दिरभित्र प्रवेश गरी महादेवको शिलामै पूजा गर्ने व्यवस्था गरिएको बताए ।

महाशिवरात्रिको दिन भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको बताउँदै उनले सहजताका लागि स्वयंसेवक परिचलन, सुरक्षाका लागि सुरक्षाकर्मीको व्यवस्था र स्वास्थ्य शिविरको आयोजना गरिएको बताए। महाशिवरात्रिको मेला भर्न आउने सम्पूर्ण भक्तजनलाई प्रसादीको व्यवस्था गरिएको उनले जानकारी दिए । शिवरात्रि पर्वका लागि डोलेश्वर आउने साधु सन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा, कम्बल र धोती दिएर बिदाइ गर्ने व्यवस्था गरेको उनले बताए।

मन्दिरभित्र प्रवेश गरेर गर्भगृहमै पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएकाले पनि आजका दिन एक लाख दर्शनार्थीले मन्दिरको पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएका जानकारी दिए । उनले लाइन बसेको आधा घण्टामा पूजा गर्नेगरी व्यवस्थापन गरिएको र स्वयंसेवक परिचालन गरिएको बताए ।

शिवरात्रीका लागि यस वर्ष भारतलगायत नेपालका विभिन्न ठाउँबाट करिब ४०० जना साधुसन्त एवं बाबाहरू आएको जानकारी दिँदै समितिका अध्यक्ष धर्मराज बस्नेतले डोलेश्वरमा उनीहरूलाई खाने, बस्ने र महाशिवरात्रिका दिन आउने दर्शनार्थीलाई प्रसाद ग्रहणको व्यवस्था गरिएको जानकारी दिए ।

त्यसैगरी, महाशिवरात्रिका अवसरमा आज सिपाडोलकै प्रसिद्ध आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।

त्यस्तै, सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं १० चित्तपोल साँगास्थित अग्लो महादेवका रूपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

त्यसैगरी, चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित श्रीकृष्ण वर्तेश्वर महादेव मन्दिर, नगरकोटको रत्नचुडेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको र ती मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।

Post navigation

Previous: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम हुने
Next: रौतहटमा मोटरसाईकल दुर्घटना हुँदा दम्पतिको मृत्यु

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.