Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

निर्वाचन नजिकिँदै, मतदाता सूची सच्याउन आयोगको विशेष कार्यविध

Kamal Tamang February 19, 2026
nirbachN
Share On:


काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचन आउन अब दुई सातामात्र बाँकी रहँदा मतदाता सूचीको शुद्धता र पहुँच सुनिश्चित गर्न निर्वाचन आयोग सक्रिय बनेको छ ।आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने मतदानलाई व्यवस्थित र समावेशी बनाउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको जनाएको छ ।

मतदाता नामावलीसम्बन्धी ऐन, २०७३ को दफा ४४ अनुसार तयार पारिएको उक्त कार्यविधिले स्थायी मतदाता नामावली अद्यावधिक गर्ने, छुटेका मतदातालाई समावेश गर्ने र विवरण सच्याउने प्रक्रिया स्पष्ट गरेको छ।आयोगले आवश्यक कार्यक्रमसहितको सूचना प्रकाशन गर्नेछ र त्यसलाई राष्ट्रिय सञ्चारमाध्यममार्फत प्रसारण गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

कार्यविधिअनुसार नेपाल सरकार तथा प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा–कैदी, निर्वाचनमा खटिने कर्मचारी, संवैधानिक निकायका पदाधिकारीलगायतका नाम स्थायी मतदाता सूचीमा समावेश गरिनेछ ।आयोगले कुनै नागरिकको नाम छुटेको वा विवरणमा त्रुटि भएको अवस्थामा प्रमाणसहित प्रमुख नाम दर्ता अधिकारीसमक्ष निवेदन दिन आग्रह गरेको छ ।आयोगका अनुसार अद्यावधिक मतदाता सूचीले निर्वाचनको विश्वसनीयता र सहभागिता दुवैलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Post navigation

Previous: मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न प्रहरीको अनुमति
Next: सामाजिक सञ्जालमा भ्रामक सामग्रीप्रति सजग रहन प्रहरीको आग्रह

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.