Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

छिमेकी देशहरूहरूलाई निशाना नबनाउन इरानलाई हमासको आग्रह

Kamal Tamang March 15, 2026
1
Share On:


काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई छिमेकी देशहरूहरूलाई निशाना नबनाउन आग्रह गरेको छ।शनिबार वक्तव्य जारी गरी हमासले छिमेकी देशहरूमा आक्रमण नगर्न आग्रह गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इरानका दाजुभाइहरूलाई छिमेकी देशहरूलाई निशाना नबनाउन अनुरोध छ, वक्तव्यमा हमासले भनेको छ।

यद्यपि इरानलाई अमेरिका–इजरायलको आक्रमणको जबाफ दिने अधिकार भने रहेको हमासले बताएको छ। हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई तत्काल युद्ध रोक्न पनि आह्वान गरेको छ।

फेब्रुअरी २८ मा इरानमा हमला भएपछि उसले मध्यपूर्वका अन्य देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर हमला गरिरहेको छ। केही देशमा सार्वजनिक स्थानहरूमा पनि इरानबाट ड्रोन र मिसाइल प्रहार भएका छन्।

हमासले पहिलोपटक सार्वजनिक रूपमा इरानको नीतिबारे टिप्पणी गरेको हो। युद्धका क्रममा भने हमासले इरानसँग ऐक्यबद्धता जनाएको थियो। यद्यपि उसले अहिलेसम्म इसराइलमाथि आक्रमण गरेको वा गर्ने धम्की दिएको छैन।

इरान समर्थित हिजबुल्लाहले लेबननबाट इसराइलमा हमला गरिरहेको छ। उसले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि बदला लिन इसराइलमा हमला गर्ने घोषणा गर्दै इरानलाई प्रत्यक्ष सहयोग गर्दै आइरहेको छ। यमनको हुथी लडाकू समूहले पनि इरानप्रति बलियो समर्थन रहेको बताएको छ।

Post navigation

Previous: घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Next: रास्वपाको सचिवालय बैठक भर्चुअल रूपमा बस्ने, फर्किए कार्यालय पुगेका नेताहरू 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.