Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भेरी नदी अपडेटः बेपत्तामध्ये छोरीको शव पनि फेला

Kamal Tamang March 17, 2026 1 minute read
1
Share On:

काठमाडौं । भेरी नदीमा हराएकामध्ये ११ वर्षीया आशा कठायतको शव पनि फेला परेको छ। मंगलबार बिहान खोजी गर्ने क्रममा आशाको शव फेला परेको हो। सोमबार बेलुकी उनकी ३८ वर्षीया आमा माया कठायतको शव फेला परेको थियो। 

अझै ५ वर्षीय छोरा दीपक कठायतको अवस्था अज्ञात छ। उनीहरू सुर्खेतको गुर्भाकोट गाउँपालिका–१२ पिप्लेका हुन्।मायाका श्रीमान् ३७ वर्षीय भूपेन्द्र कठायत घरमै छन्। श्रीमान्–श्रीमतीका बीचमा घर झगडा भएपछि माया आफ्ना दुई सन्तानसहित जिल्लाकै लेकबेसी नगरपालिका–३ पटारेस्थित काकाको घरमा तीन दिनअघि गएकी थिइन्।

गुर्भाकोट नगरपालिका १२ का वडाध्यक्ष तुल्सीप्रसाद शर्माका अनुसार श्रीमान् भूपेन्द्र शनिबार रिसाएर गएकी श्रीमतिसहित सन्तान लिन काकाको घरमा पुगेका थिए। मायाले आइतबार बिहानै घर फर्किने बाचा गरेकी थिइन्। 

काकाको घरबाट हिँडे पनि माया सन्तानसहित घर भने पुगिनन्।त्यसपछि उनको खोजी सुरु भएको थियो। घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदीको किनारमा मायाले प्रयोग गर्ने सल, मोबाइल फोन, चप्पल र झोला फेला परेको थियो। 

त्यसपछि मायाले सन्तानसहित भेरी नदीमा हाम फालेको आशंकामा खोजी सुरु भएको थियो। मायाको शव लेकबेसी–३ स्थित भेरी नदीको खोँचमा फेला परेको हो। ११ वर्षीया छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट–१३ भम्का नजिकै भेरी नदीमा फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए।बेपत्ता ५ वर्षीय बालक दीपक कठायतको खोजी जारी छ। आमाले दुई सन्तानसहित भेरीमा प्रवेश गरेको घटनाबारे थप अनुसन्धान बाँकी रहेको प्रहरीले जनाएको छ।

Post navigation

Previous: पाकिस्तानले अस्पतालमा आक्रमण गर्दा ४०० को मृत्यु भएको अफगानिस्तानको दाबी
Next: कसरी टुंगिएला ? दुई दिनदेखि सर्वोच्चमा बहस चलिरहेको रवि लामिछाने विरुद्धको मुद्दा  

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.