Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

  कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार 

Kamal Tamang March 19, 2026
1
Share On:


काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० नेपालीको उद्धार गरिएको छ । विभिन्न प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरुलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो । दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु हुन् ।

दूतावासको पहल र कम्बोडियाको सरकारको सहयोगमा उनीहरुलाई उद्दार गरिएको हो । उद्धार गरिएकाहरुलाई गैरआवाशीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा बुधबार नै काठमाडौं पठाइएको छ । उनीहरु शुक्रबार त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् ।अलपत्र परेका अन्य व्यक्तिहरु पनि रहेको सूचना प्राप्त भएको र उनीहरुलाई पनि फर्काउन पहल भइरहेको दूतावासले जानकारी दिएको छ ।

कम्बोडियामा कठिन अवस्थामा रहेका नेपालीहरुलाई बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु (शिवराज पराजुली +855 12 215 578, लालसिहं खडका +855 93 203 666, रामजीकुमार क्षेत्री +855 96 346 5788 )लाई सम्पर्क गर्न पनि आग्रहर गरिएको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६, ४०४ जना तथा सन् २०२५ मा ९, ६७6 जना नेपालीहरू कम्बोडिया पुगेका छन् ।

दूतावासले कुनै प्रलोभनमा नपरी नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्डलगायतका मुलुकहरूमा नजान सचेत गराएको छ ।

Post navigation

Previous: कैलालीमा गोली  प्रहार गरि श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए 
Next: आज सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ? 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.