Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बढ्यो सेयर बजार, २१ अर्ब नाघ्यो कारोबार

Kamal Tamang March 19, 2026
nep (2)
Share On:

काठमाडौं । बिहीबार सेयर बजार ६४.६९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २८७७ मा कायम भएको छ । आज बजार खुलेदेखि निरन्तर उकालोमा रह्यो । बजारको परिसूचक नेप्सेका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १२ अर्ब ३ करोडको कारोबार भएकोमा आज २१ अर्ब २२ करोडको भयो ।

यसअघि फागुन २६ गते २१ अर्ब ५० करोडको कारोबार भएको थियो । त्यस्तै २०८१ साउन ३१ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ । २४० कम्पनीको मूल्य बढ्दा २२ को घट्यो भने २ को स्थिर रह्यो ।

सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै सान्जेन जलविद्युतको ८, माथिल्लो तामाकोशीको ७.५३, एनआईसी एसिया बैंकको ६.०९, सिटिजन्स बकैंकको ५.८३ तथा माछापुच्छ्रे बैंकको ५.५८ प्रतिशत मूल्य बढ्यो ।

माहुली लघुवित्तको मूल्य सबैभन्दा धेरै २.९७ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, नेसनल हाइड्रोपावर, रिडी पावर, आँखुखोला जलसवद्युत् र माथिल्लो तामाकोशी छन् ।

Post navigation

Previous: पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न र इन्धन भण्डारण क्षमता बढाउन माग
Next: रवि लामिछानेको अभियोग संशोधनविरुद्धको रिटमा सुनुवाइ सकियो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.