Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सेयर बजार ८ महिनाकै उच्च अंकमा, कति भयो कारोबार ? 

Kamal Tamang March 24, 2026
nep (2)
Share On:


काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । मंगलबार २३.८३ अंकको वृद्धिसँगै नेप्से २९६० अंकमा पुगेको छ । यो अंक गत साउन १३ गतेयताकै उच्च हो ।  कारोबार रकम केही घटेको छ । अघिल्लो दिन १५ अर्ब ७८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ८३ करोडको भयो ।

१३६ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ११ को स्थिर रह्यो । व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशत बढ्यो । यस समूहमा जम्मा दुई कम्पनी सूचीकृत छन् । तीमध्ये बजारकै सबैभन्दा शक्तिशाली कम्पनी विशाल बजारको मूल्य ९.९१ प्रतिशत बढेसँगै व्यापार समूह सबैभन्दा धेरै बढेको हो ।

त्यस्तै बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११, उत्पादन तथा प्रशोधन समूह ०.८६ प्रतिशत बढे । त्यस्तै होटल तथा पर्यटन समूह ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.३८ तथा व्यापार समूह ०.१६ प्रतिशत घटे ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घट्यो । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.११ तथा मेरो माइक्रोफाइनान्सको ४.५३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट छन् ।

Post navigation

Previous: इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प
Next: श्रीमतीको हत्या गरेर प्रहरीमा दिए हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.