Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

श्रीमतीको हत्या गरेर प्रहरीमा दिए हराएको निवेदन, कल्भर्टमुनि भेटियो शव

Kamal Tamang March 25, 2026
1
Share On:


काठमाडौं । विराटनगर महानगरपालिका–१७ मा रहेको कल्भर्टमुनि फेला परेको शवको पहिचान खुलेको छ । मंगलबार साँझ कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा महिलाको शव फेला परेको थियो । अनुसन्धानका क्रममा विराटनगर महानगरपालिका–१५ की कोमलकुमारी साहको शव भएको खुलेको हो ।

प्रहरीका अनुसार कोमलकुमारीका श्रीमान् रोशन साहले श्रीमती हराएको निवेदन दिएका थिए । कल्भर्टमुनि भेटिएको शव र हराएकी महिलाको हुलिया मिलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार पत्नी हराएको निवेदन दिने रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा रोशनले श्रीमतीको हत्यापछि शवलाई लुकाउन तन्नामा पोको पारेर विराटनगर–१७ स्थित छाला फ्याक्ट्रीको पश्चिममा रहेको कल्भर्टमुनि फालेका हुन् । शव भेटिएको स्थान र मृतकको घर करिब ५ किलोमिटरको दूरीमा छ ।

कोमलकुमारी चैत ६ गतेदेखि घरमा थिइनन् । श्रीमती हराएको भन्दै रोशनले दुई दिनपछि चैत ८ गते इलाका प्रहरी कार्यालय रानीमा हुलियासहितको निवेदन दिएका थिए ।प्रहरीमा निवेदन परेको दुई दिनपछि मंगलबार बेलुका कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा शव भेटियो । स्थानीयले शव भेटेपछि विराटनगर–१७ का वडाध्यक्ष समीर कमर मियाँलाई खबर गरेका थिए ।

मियाँले मंगलबार साँझ प्रहरीलाई खबर गरेका थिए । मंगलबार राति प्रहरीले शव पोष्टमार्टमका लागि कोशी अस्पताल पुर्‍याएर अनुसन्धान सुरु गरेको थियो ।प्रहरीका अनुसार शव सडेको र दुर्गन्धित अवस्थामा फेला परेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो । तर, मानिस हराएको निवेदन अध्ययन गर्दा शवको हुलियासँग मिलेक प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार घरायसी विवादका कारण रोशनले पत्नीको घाँटी थिचेर हत्या गरेको खुलेको छ । घटना लुकाउनका लागि राति शवलाई कल्भर्टमुनि फालेका थिए । डीएसपी लामिछानेले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

Post navigation

Previous: सेयर बजार ८ महिनाकै उच्च अंकमा, कति भयो कारोबार ? 
Next: लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.