Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

इरानले भन्यो – ‘गैर–शत्रुजहाजलाई मात्र स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अनुमति दिइएको छ’  

Kamal Tamang March 25, 2026 1 minute read
1
Share On:


काठमाडौं । विश्वको तेल आपूर्तिका लागि लाइफलाइन मानिने स्ट्रेट अफ होर्मुजबारे इरानले संयुक्त राष्ट्रसंघमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) लाई एक पत्र लेख्दै ‘गै–(शत्रु’ जहाजहरूले समन्वय गरेर मात्र यो जलमार्ग प्रयोग गर्न पाउने सर्त राखेको छ।

इरानको विदेश मन्त्रालयले पठाएको उक्त पत्रमा स्पष्ट रूपमा भनिएको छ, इरानको सुरक्षा नियमहरू पूर्ण पालना गर्ने र इरान विरुद्धको सैन्य कारबाहीमा संलग्न नहुने जहाजहरूले मात्र यो बाटो प्रयोग गर्न पाउनेछन्। तर, अमेरिका र इजरायलसँग सम्बन्धित कुनै पनि जहाज, उपकरण वा सम्पत्तिलाई भने यो जलमार्गमा शान्तिपूर्ण प्रवेशको अनुमति नहुने इरानले चेतावनी दिएको छ।

अमेरिका–इजरायल र इरानबिच जारी युद्धका कारण स्ट्रेट अफ होर्मुज भएर हुने विश्वको झण्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यासको ढुवानी लगभग ठप्प भएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र मूल्य वृद्धि भइरहेको छ।

इरानले आफ्ना शत्रु राष्ट्रहरूलाई यो जलमार्ग प्रयोग गरेर आक्रमणका लागि सैन्य अपरेसन अघि बढाउन नदिन यस्तो कडा कदम चालेको दाबी गरेको छ। लन्डनस्थित अन्तर्राष्ट्रिय सामुद्रिक एजेन्सीका १७६ सदस्य राष्ट्रहरूमाझ मंगलबार सर्कुलर गरिएको उक्त पत्रमा इरानले आवश्यक कदम चाल्न आफू तयार रहेको उल्लेख गरेको छ।यसले गर्दा स्ट्रेट अफ होर्मुजबाट हुने व्यापारिक ढुवानी अब इरानी अधिकारीहरूको प्रत्यक्ष समन्वय र अनुमतिमा मात्र सम्भव हुने देखिएको छ। 

Post navigation

Previous: लामो प्रतीक्षापछि साम्बाको घुँडाको शल्यक्रिया सफल
Next: अमेरिकाले इरान युद्ध अन्त्य गर्न पाकिस्तानमार्फत पठायो १५ बुँदे योजना

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.