Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

तोकिएको मितिमा स्वच्छ, निष्पक्ष निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो : प्रधानमन्त्री

Kamal Tamang March 25, 2026
1
Share On:


काठमाडौं ।  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो खुशी र गर्व व्यक्त गरेकी छन् । कार्यक्रममा प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि भएको बताएकी छन् ।

उनले निर्वाचन आयोग र सुरक्षाकर्मीहरूको प्रयासलाई उच्च सम्मान दिँदै लोकतान्त्रिक उपलब्धिका रूपमा यसलाई चित्रित गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, ‘गत भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’ पछि मुलुकले चुनौतीपूर्ण परिस्थितिको सामना गर्नु परेको थियो । त्यसबीच असामान्य परिस्थितिलाई सामान्य पार्दै तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु हाम्रो लोकतान्त्रिक यात्राको ऐतिहासिक उपलब्धि हो ।’

उनले निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य र मान्यता सुदृढ पार्ने नयाँ अध्यायको ढोका खोलेको पनि उल्लेख गरिन् । ‘आम मतदाताले स्थिर सरकार, सुशासन र समृद्धिको पक्षमा स्पष्ट जनादेश दिएका छन्,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रिया चुनौतीपूर्ण भएतापनि सरकारले आफ्नो सम्पूर्ण शक्ति, स्रोत र प्रतिबद्धता यस कार्यमा लगाएको बताइन् । विशेष गरी कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा आयोगले स्पष्ट कार्ययोजना, व्यावसायिक दक्षता र दृढ इच्छाशक्तिका साथ निर्वाचन सफल बनाएको उनले बताए ।

प्रधानमन्त्रीले मतदाता दर्ता, राष्ट्रिय परिचयपत्रसँगको अन्तरआबद्धता, पुनः प्रयोगयोग्य सामग्रीको उपयोग, सरकारी खरिद प्रक्रिया, सुरक्षा व्यवस्थापन र निर्वाचन खर्चको पारदर्शिता जस्ता पहलहरूलाई ऐतिहासिक मानकका रूपमा प्रस्तुत गरिन् ।

कार्यक्रममा प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लोकतान्त्रिक छवि उज्यालो बनेकोमा खुशी व्यक्त गर्दै, सहयोग पुर्याउने सबै सरोकारवालाहरू प्रति आभार प्रकट गरिन् । साथै नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन् ।

प्रधानमन्त्री कार्कीले सबैको सहकार्यमा लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवद्र्धन र समृद्ध नेपालको निर्माणमा निरन्तर प्रयास रहने विश्वास व्यक्त गरिन् ।

Post navigation

Previous: पाँच दिनपछि घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो 
Next: नव दुर्गा भगवतीको पूजा आराधना गरि आज चैते दसैं पर्व मनाइँदै

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.