Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

बढ्यो सेयर बजार, ६ कम्पनीमा १० प्रतिशतको वृद्धि

Kamal Tamang March 31, 2026 1 minute read
nep (2)
Share On:

 काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ । दिउँसो १२ : ०६ बजे नेप्से परिसूचक २७८९ अंकसम्म झरेको थियो, जुन अंक कारोबार अवधिभरको न्यूनतम विन्दु रह्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको भयो । १९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रह्यो ।

बजारका धेरैजसो समूहगत सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे । अन्य समूह ०.५५ प्रतिशत घट्यो ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशत घट्यो । रिडी पावरको ३.२१ तथा धौलागिरि लघुवित्तको मूल्य २.८० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक छन् ।

Post navigation

Previous: गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
Next: ओली पक्राउको विरोधमा एमालेले गर्‍यो देशव्यापी प्रदर्शन गर्ने घोषणा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.