Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हवाई इन्धनको मूल्य झन्डै दोब्बरले बढ्यो, पेट्रोल र डिजलको भने यथावत

Kamal Tamang April 1, 2026
1
Share On:


काठमाडौं । हवाई इन्धनको मूल्य झन्डै दोब्वरले बढेको छ । इन्डियन आयलबाट बढेर आएपछि नेपाल आयल निगमले आज बिहानदेखि लागू हुनेगरी आन्तरिक र अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य बढाइएको हो ।

घटा सहेर भएपनि निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । निगमद्वारा जारी बिज्ञप्तिका अनुसार हवाई इन्धन ९आन्तरिकतर्फ० हाल १२७ रुपैयाँ प्रतिलिटर रहेकोमा बढाएर प्रतिलिटर २५१ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर ९६६ डलर रहेकोमा १७८५ डलर बनाइएको छ ।त्यस्तै पोखरामा ८०१ डलर रहेकोमा १७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १७१६ डलर कायम गरिएको निगमले जनाएको छ ।

भारतबाट मंगलबार आएको मुल्यसूचि हालसम्मकै सबै भन्दा बढी हो । पछिल्लोपटक डिजेलमा ९४ रुपैयाँ र पेट्रोलमा ४१ रुपैयाँ मुल्री वृद्धि भएर आएको छ । त्यसैगरी हवाई इन्धनमा १२३ रूपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर १९० रूपैयाँ मुल्य बढेर आएको छ ।

अन्तर्राष्ट्रिय रुपमा भएको पेट्रोलियम पदार्थको मूल्य वृद्धिले नेपाल आयल निगमको वर्तमान वित्तीय अवस्था कमजोर हुँदै गएको छ । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त पछिल्लो मूल्य अनुसार निगमले १५ दिनमा १३ अर्ब २१ करोड र मासिक २६ अर्ब ४२ करोड घाटा व्यहोर्नु पर्ने देखिएको छ ।

भारतबाट मुल्य बढेर आएपछि ​डिजलमा प्रति लिटर १३३ रुपैया, पेट्रोलमा प्रति लिटर ४७ रुपैया र ​एलपी ग्यासमा प्रति सिलिण्डर ४१६ रुपैयाँ घाटा रहेको छ।

Post navigation

Previous: बादललाई दलको नेता बनाउन ओलीको निर्देशन
Next: ७४ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.