Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाचौं नम्बरमा

Kamal Tamang April 7, 2026 1 minute read
1
Share On:

 काठमाडौं ।  नियुक्त भएको ११ दिनपछि बालेन शाह नेतृत्वको मन्त्रिपरिषद्‍मा रहेका मन्त्रीहरुको वरीयतामा व्यापक हेरफेर गरिएको छ । चैत १३ गते मन्त्रिपरिषद् गठन हुँदा गृहमन्त्री सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा रहेकामा चैत २४ गते राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादाक्रम हेरफेर गर्दा गृहमन्त्री सुदन गुरुङ पाँचौँ नम्बरमा पुगेका छन् । यसअघि १३ गते उनको वरीयता ३ नम्बरमा थियो । 

यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेको वरीयता २ नम्बर नै कायम छ भने यसअघि ४ नम्बरमा वरीयता भएका परराष्ट्रमन्त्री शिशिर खनालको वरीयता अहिले ३ नम्बर कायम गरिएको छ । यस्तै ४ नम्बर वरीयतामा राखिएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको वरीयता अहिले ६ नम्बरमा रहेको छ भने यसअघि ६ नम्बरको वरीयता रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको अहिले ४ नम्बर कायम रहेको छ । 

यस्तै यसअघि ७ नम्बरमा रहेका पर्यटनमन्त्री खडक राज पौडेलको वरीयता अहिले १२ नम्बर पुगेको छ भने शिक्षा सस्मित पोखरेलको ८ नम्बरको वरीयता अहिले ११ नम्बर कायम गरिएको छ । यस्तै ९ नम्बरमा रहेकी स्वास्थ्यमन्त्री निशा मेहताको १० नम्बर, १० नम्बरमा रहेका डा विक्रम तिमल्सिनाको वरीयता अहिले १३ नम्बर कायम गरिएको छ । 

यसैगरी यसअघि ११ नम्बरमा रहेकी संघीय मामिला मन्त्री प्रतिभा रावलको अहिले ९ नम्बर, १२ नम्बरमा रहेकी कानुनमन्त्री सोविता गौतमको अहिले ७ नम्बर, १३ नम्बरमा रहेकी कृषि मन्त्री गीता चौधरीको अहिले १४ नम्बर, १४ नम्बरमा रहेका श्रममन्त्री दीपक साहको अहिले पुछारमा वरीयता रहेको छ । दीपक यसअघि ठगीमा मुछिएको भन्दै विवादमा तानिएका थिए । तर, उनको रेकर्ड हेर्दा उनले अदालतबाट सफाइ पाएको देखिएको थियो । अहिले फेरि उनले श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्ति दिलाएको भन्दै विवाद भएको छ । यस्तै यसअघि अन्तिममा वरीयता रहेकी महिलामन्त्री सीता वादीको वरीयता ८ नम्बर कायम भएको छ ।

Post navigation

Previous: नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने
Next: अमेरिका–इरानबीच दुई साताका लागि युद्धविराम, वार्तालाई सहज बनाउने अपेक्षा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.