Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

एक महिनामै डिजेल ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढ्यो

Kamal Tamang April 16, 2026
1
Share On:


काठमाडौं ।  पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६ र पेट्रोलको मूल्य ४० प्रतिशतले बढाएको हो । अमेरिका र इजरायल गठबन्धन र इरानबीच युद्ध शुरू भई अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ आकाशिएपछि त्यसको प्रत्यक्ष असर पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल जस्ता मुलुकहरु माथि परेको हो ।

पछिल्लो पटक निगमले बिहीबार बिहान देखि लागु हुनेगरी डिजेल र मट्टीतेलमा प्रति लिटर ३० रुपैयाँ मूल्य बढाउने निर्णय गरेसँगै अब एक लिटर डिजेलको मूल्य १४२ रुपैयाँ पुगेको छ । गत चैत १ गतेको तुलनामा यो मूल्य ६६।९० प्रतिशतले धेरै हो । चैत १ मा एक लिडर डिजेलको मूल्य १४२ रुपैयाँ थियो ।

यस बिचमा पेट्रोलको मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । चैत १ गतेसम्म १५७ रुपैयाँ रहेको पेट्रोलको मूल्य अहिले २१९ रुपैयाँ पुगेको छ । त्यसैगरी, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य पनि यस बीचमा बढेर २५६ रुपैयाँ प्रतिलिटर पुगेको छ । यसअघि चैत १९ मा निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँले बढाएर २५१ रुपैयाँ पुर्याएको थियो ।

इन्धमा भएको मूल्यवृद्धिका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरीसकेको छ । प्राधिकरणका अनुसार चल्तीका हवाई रुटमध्ये काठमाडौँ–भैरहवा यात्रा गर्दा अब यात्रुले अधिकतम ११ हजार १६ रुपैयाँ तिर्नुपर्ने हुन्छ । यो रुटको भाडा २ हजार ५३५ रुपैयाँले बढेको हो । यस्तै, सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटका लागि २३ हजार ५९ रूपैयाँ तोकिएको छ । यो रुटको भाडा साविकको तुलनामा ५ हजार ४३५ रुपैयाँ बढेको हो ।

यस्तै, यातायात व्यवस्था विभागले पनि यात्रुबाहक सवारी साधनमा १६।७१ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१।६८ प्रतिशतले बढाएको छ । साथै, तराइको बाटोमा हुने सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५।७५ प्रतिशतले बढाइएको छ ।

नेपाल सरकारले पेट्रोलियम पदार्थमा सहुलियत नदिएको भने होइन । यसअघि सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शुल्क र पूर्वाधार विकास कर ५० प्रतिशतले घटाएको छ । यो भनेको पेट्रोलमा १७ रुपैयाँ र डिजेलमा १२ रुपैयाँ हो । तर अन्तराष्ट्रिय अभ्यास अनुसार यो अपर्याप्त भएको भन्दै सर्वसाधारणबाट सरकारको आलोचना समेत हुन थालेको छ ।

Post navigation

Previous: संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
Next:  सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.