Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

डोजर चलाइ सुकुम्बासी बनाउन खोजिएको भन्दै जेनजी फ्रन्टले जनायो आपत्ति

Kamal Tamang April 20, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  पछिल्लो केही दिनयता नेपालका विभिन्न शहरमा ’अनधिकृत संरचना’ खाली गराउने नाममा नागरिकको आवास र अपाङ्गता भएका व्यक्ति समेतको जीउज्यानमाथि अमानवीय, क्रुर र बर्बर दमन भएको भन्दै जेनजी फ्रन्टले आपत्ति जनाएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै फ्रन्टले जुनसुकै बहानामा पनि नागरिकको आधारभूत आवश्यकता र जीविकोपार्जनको हकलाई कुण्ठित गरिनु कुनै पनि लोकतान्त्रिक राज्यका लागि सह्य कुरा नभएको बताएको छ।

‘व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने हक, वैयक्तिक स्वतन्त्रता र सुशासनका पक्षमा नेपाल जेन–जी फ्रन्ट सदैव लड्दै आइरहेको छ। पछिल्लो केही दिनयता नेपालका विभिन्न शहरमा अनधिकृत संरचना खाली गराउने नाममा नागरिकको आवास र अपांगता भएका व्यक्ति समेतको जीउज्यानमाथि अमानवीय, क्रुर र बर्बर दमन भएका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। जुनसुकै बहानामा पनि नागरिकको आधारभूत आवश्यकता र जीविकोपार्जनको हकलाई कुण्ठित गरिनु कुनै पनि लोकतान्त्रिक राज्यका लागि सह्य कुरा होइन,’ फ्रन्टले विज्ञप्तिमार्फत भनेको छ। 

दशकौंदेखि साना पसल व्यवसाय गरेर गुजारा गरिरहेका न्यून आय भएका व्यापारी र बसोबास गरिरहेका सर्वसाधारणलाई कुनै ठोस विकल्प वा पुनस्र्थापनाको व्यवस्था नगरी राज्यस्रोतको बलमा डोजर चलाउनु राज्यको गैरजिम्मेवारपनको पराकाष्ठा भएको फ्रन्टको ठहर छ।

आफ्नै देशका नागरिकको आवासमाथि न्यूनतम मानवता पनि नराखी डोजर चलाई सुकुम्बासी बनाउने र गाँसबास खोस्ने कार्यले राज्यको नियतमाथि गम्भीर प्रश्न खडा गरेको पनि फ्रन्टले बताएको छ। 

‘के सरकारले यी विस्थापित नागरिकको भविष्य र उनीहरूको आर्थिक व्यवस्थापनका बारेमा कुनै योजना बनाएको छरु घर भत्काइएपछि सिर्जना हुने मानवीय संकटको व्यवस्थापन गर्नु सरकारको प्राथमिक दायित्व हो। साथै, अपांगता भएका व्यक्ति लगायत धेरै मानिसमाथि संघीय र स्थानीय तहका प्रहरीहरूले क्रुर, अमानवीय, अभद्र व्यवहार गरेका तस्वीर र भिडियोहरू सार्वजनिक भइरहेका छन्। त्यस्ता कार्यमा संलग्न सबैलाई कानूनबमोजिम हदैसम्म कारबाही गर्न, नेपालका सबै सुरक्षा संयन्त्रलाई न्यूनतम मानवताका बारेमा प्रभावकारी तालिम दिन र अब आउँदा दिनमा नागरिकमाथि गैरकानूनी दमन नगर्ने लिखित प्रतिबद्धता समेत गर्न हामी नेपालका तीनै तहका सबै सरकारलाई हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

Post navigation

Previous: होर्मुज जलमार्ग पुनः बन्दः अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ठुलो उछाल
Next:  पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.