Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 बीपी राजमार्ग पूर्णरूपमा अवरुद्धः खुलाउन समय लाग्ने, वैकल्पिक व्यवस्था गरेर यात्रु पठाइँदै

Kamal Tamang April 26, 2026
1
Share On:


 
काठमाडौं । शनिबार परेको वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । शनिबार दिउँसो चार बजेबाट बन्द भएको राजमार्ग खुलाउन समय लाग्ने प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले सम्भवतस् आइतबार साँझसम्म पनि सडक खुलाउन समस्या हुने अनुमान गरे ।

प्रहरीका अनुसार रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, ठुलोढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको छ । यसैगरी नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा पनि डाइभर्सन बगाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सयौं सवारी साधन ‘होल्ड’ गरिएको थियो ।

आइतबार बिहानबाट भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलिखेलमा रोकिएका सवारी साधनहरुलाई सुरक्षित स्थानमा पठाइसकिएको छ । मंगलटार क्षेत्रमा रोकिएका यात्रीहरूलाई पनि वैकल्पिक मार्ग प्रयोग गरेर पठाउन थालिएको छ ।

प्रहरीका अनुसार मंगलटारसम्म यात्रु बोकेर आएका सवारी साधनहरुलाई त्यहीँ रोकेर यात्रीहरूलाई रोशीखोला पारीसम्म पैदल हिँडाएर त्यहाँबाट अर्को गाडीको व्यवस्था गरी तेमालको कालधार–नारायणस्थान–भकुण्डे हुँदै धुलिखेलतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मौसममा सुधार आई सडक सुरक्षित भएको सुनिश्चित भएपछि मात्र पुनस् सवारी साधन सञ्चालन गरिनेछ । सो सम्बन्धमा अर्को सूचना जारी गरी जानकारी गराइने प्रहरीले जनाएको छ । सडकबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० र ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।बीपी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वी पहाड र तराईतर्फ जाने तथा राजधानी भित्रिने सयौं सवारीसाधन प्रभावित भएका छन् ।

२०८१ असोज महिनाको दोस्रो सातामा आएको भीषण बाढीले बिपी राजमार्गको भकुन्डेदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडक खण्डमा व्यापक क्षति पुर्‍याएको थियो ।क्षतिग्रस्त क्षेत्रमा हाल पुनर्निर्माण कार्य जारी रहे पनि पूर्णरूपमा स्थायी संरचना निर्माण हुन बाँकी छ । अस्थायी समाधानका रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिँदै आएको छ । त्यो पनि बाढीले बगाइदिँदा यातायात अवरुद्ध हुने र यात्रीहरुले सास्ती पाउने क्रम जारी छ ।

Post navigation

Previous: मनोहराको सुकुमवासी बस्ती भत्काउन पुग्यो डोजरसहितको टोली
Next:  पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.