Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आइसिसी विश्वकप लिग–२ः नेपालले आज ओमानविरुद्ध खेल्दै

Kamal Tamang May 5, 2026 1 minute read
1
Share On:


काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज ओमानविरुद्ध खेल्दै छ। संयुक्त अरब इमिरेट्स युएई पनि सहभागी यस त्रिदेशीय शृङ्खलाको यो अन्तिम खेल हो।  यी दुई टोली बीचको खेल विहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। 

पछिल्ला तीन खेलमध्ये दुईमा जित हासिल गरिसकेको घरेलु टिम नेपालले प्रतियोगिताको अन्त्य सुखद रूपमा गर्ने चाहना राखेको छ। यद्यपि नेपालले यस शृङ्खलामा हात पारेका दुवै खेल युएईविरुद्ध प्राप्त गरेको थियो। नेपालले ओमानसँग भने डकवर्थ लुइसको नियम अनुसार १०२ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

हेड टु हेडमा पनि ओमान अगाडि छ। नेपाल र ओमानले हालसम्म नौ ओडिआई खेलेका छन्। जसमा ओमानले पाँच र नेपालले तीनमा जित हात पारेका छन्। एक खेल रद्द भएको थियो।ओमानको प्रदर्शन यस प्रतियोगितामा अस्थिर छ। उसले युएईविरुद्धका दुवै खेलमा पराजय बेहोरेको थियो। 

त्यसैले ओमानविरुद्धको पछिल्लो हार र विगतका प्रदर्शनले नेपालको मनोबल कम भएको छैन। नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले ओमानविरुद्ध बदला लिनका लागि आफ्नो टिमले सकारात्मक सोचाइसहित आक्रामक खेल खेल्ने बताएका छन्। अहिले टिम लयमा आउँदै छ, त्यसैले ओमानविरुद्ध राम्रो नतिजा ल्याउन सक्छौँ, उहाँले भने।

दीपेन्द्र अहिले सानदार लयमा रहेका छन्।। उनले पछिल्लो खेलमा युएईविरुद्ध ९४ बलमा १०० रनको शतकीय पालि खेल्ने। यस शृङ्खलामा अहिलेसम्मको प्रदर्शन ७५, ६० र १०० रन रहेको छ। उनले आफ्नो लयलाई कायम राखेर नेपाललाई अन्तिम खेलमा पनि जित दिलाउन प्रयास गर्ने बताए। उनीसँगै स्टार लेग स्पिनर सन्दीप लामिछानेले पनि सानदार बलिङ गरिरेका छन्।  यस शृङ्खलामा उनले तीन खेलमा सात विकेट लिइसको छन्र 

आठ राष्ट्र सहभागी लिग २ मा नेपाल सातौँ स्थानमा छ। नेपालले २३ खेलमा १६ अङ्क बनाएको छ। ओमान २७ खेलमा ३१ अङ्कसहित तेस्रो स्थानमा छ। नेपाललाई आगामी एकदिवसीय विश्वकपको ग्लोबल चयनमा स्वतः चयन हुन शीर्ष चारमा रहन जरुरी छ। 

सो लक्ष्य पूरा गर्न नेपाललाई डिभिजन लिग २०२४–२७ को बाँकी रहेका धेरैभन्दा धेरै खेल जित्नुपर्ने हुन्छ। नेपालका कप्तान रोहित पौडेलले आशा भने छोडेका छैनन्। उनी दबाबमा राम्रो नतिजा निकाल्न नेपाली क्रिकेट टिमको स्वभाव हो, भभनेका छन्। 

पछिल्लो पटक नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर एकदिवसीय मान्यता मात्र जोगाएन, विश्वकप छनोटमा पनि स्वतः चयन भएको थियो। नेपालले चार दिनअघि युएईविरुद्धको खेलमा नियमित प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेखको स्थानमा युवा ब्याट्सम्यान अर्जुन कुमाल र अनुभवी विनोद भण्डारीलाई खेलाएको थियो। 

अर्जुन आफ्नो डेब्यू खेलमा खेलमा ११ रनमा आउट भए पनि विनोदले अर्धशतकीय पालि खेलेर आफ्नो चयनलाई सही साबित गरेका छन्। यस शृङ्खलामा तीन जित प्राप्त भएमा नेपालले अर्को हप्ता घरेलु मैदानमै सुरु हुने लिग २ का लागि मनोबल उच्च पार्ने छ। सो शृङ्खलामा अङ्क तालिकामा शीर्ष दुई स्थानमा रहेका अमेरिका र स्कटल्याण्डसँग नेपालले प्रतिस्पर्धा गर्ने छ।

Post navigation

Previous: झापामा भूमिहीन तथा सुकुम्बासीको प्रदर्शन
Next:  उद्योग वाणिज्य महासंघको निर्वाचन आज,  मतगणना पनि आजै हुने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.