Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

Kamal Tamang May 15, 2026
1
Share On:

काठमाडौँ । बेरुजु फछ्र्योेट तथा वित्तीय सुशासनलाई प्रभावकारी बनाउन सरोकार भएका सबै निकायको सक्रिय र सार्थक सहभागिता आवश्यक भएकामा जोड दिइएको छ । मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित बेरुजु फछ्र्योेट अनुगमन समितिले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा वित्तीय सुशासनलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने नीति लिइए पनि सरोकारवाला पक्षको अपेक्षित सहभागिता र क्रियाशीलता कमजोर हुँदा अपेक्षित नतिजा हासिल हुन नसकेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा आगामी दिनमा बेरुजु फछ्र्योेटलाई प्राथमिकतामा राखी सबै निकायबीच समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ । लेखापरीक्षकको ६२ औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०–८१ मा कूल लेखापरीक्षणमध्ये ९१ अर्ब ५९ करोड ७९ लाख बेरुजु औँल्याइएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.४५ प्रतिशतले बढी हो ।

प्रतिवेदनमा सार्वजनिक कोषको सदुपयोग, वित्तीय जवाफदेहिता, पारदर्शिता र अनुशासनलाई प्रभावकारी बनाउन कानुन, नियम र मापदण्डको कडाइका साथ पालनामा जोड दिइएको छ ।

समितिले बेरुजु न्यूनीकरणका लागि विनियोजित बजेटको औचित्यपूर्ण तथा विवेकसम्मत उपयोग, प्रभावकारी अनुगमन तथा सम्परीक्षण प्रणाली सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको छ । साथै, बेरुजु फछ्र्योेटलाई व्यवस्थित एवं परिणाममुखी बनाउन, आर्थिक अनुशासन पालना तथा वित्तीय उत्तरदायित्व जिम्मेवारीपूर्वक बहन गर्न अनुरोध गरेको छ ।

Post navigation

Previous: महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
Next:  दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.