Skip to content
November 1, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सङ्घीय संसद्का दुवै सदनमा आजदेखि ‘प्रि–बजेट’ छलफल सुरु हुँदै

Kamal Tamang May 18, 2026 1 minute read
1
Share On:


 काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ। 

सरकारले बजेट ल्याउनुपूर्व दुवै सदनमा बजेटका प्राथमिकता र सिद्धान्तबारे सांसदहरूको सुझाव लिन यो छलफल प्रक्रिया अघि बढाएको हो।संसद् सचिवालयका अनुसार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्ताव प्रस्तुत भएपछि सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि विधिवत् छलफल सुरु हुनेछ। 

यसैगरी १:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा पनि आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची तय गरिएको छ।बजेट निर्माणको यो पूर्वसन्ध्यामा सङ्घीय संसद् अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि सोमबार नै बस्दैछ। सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान १० बजेका लागि बैठक आह्वान गरिएको छ। 

यस बैठकको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तर्जुमाका सम्बन्धमा विभिन्न मन्त्रालयहरूसँग छलफल गर्ने रहेको छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता, योजना र मन्त्रालयगत आवश्यकताका विषयमा केन्द्रित रहेर सम्बन्धित निकायका प्रतिनिधिहरूसँग विस्तृत परामर्श गरिने कार्यतालिका छ।

Post navigation

Previous: कंगो र युगान्डामा इबोला फैलिँयो, डब्लुएचओद्वारा ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा
Next: इरानलाई ट्रम्पको चेतावनी, ‘छिटो सहमतिमा नआए केही बाँकी रहने छैन’

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.