Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

सहिद विजय चौधरीको परिवारलाई सङ्घीय र स्थानीय सरकारको सहयोग

Kamal Tamang September 19, 2025
1
Share On:

काठमाडौं । ‘जेन–जी’ पुस्ताको प्रदर्शनका क्रममा काठमाडौंमा प्रहरीको गोली लागेर ज्यान गुमाएका लहान नगरपालिका–१५, सिमलटोकीका विजय चौधरीलाई सङ्घीय सरकारले सहिद घोषणा गरेको छ । स्थानीय लहान नगरपालिकाले पनि उनको परिवारलाई राहत, शिक्षा र रोजगारीको प्याकेज घोषणा गरेको हो ।

लहान नगरपालिकाले सहिद चौधरीको परिवारलाई तत्कालका लागि १ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त घोषणा गर्दै सहिद चौधरीकी चार वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने र उनकी श्रीमतीलाई योग्यताअनुसार नगरपालिकामा रोजगारीको व्यवस्था मिलाइने जानकारी दिए।

यसअघि नै सङ्घीय सरकारले प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्दै पीडित परिवारलाई प्रतिव्यक्ति रु. १५ लाख राहत दिने निर्णय गरिसकेको छ ।

गत भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर २७ वर्षीय विजय चौधरीको मृत्यु भएको थियो । घटनाको नौ दिनपछि मंगलबार उनको गाउँमा अन्तिम संस्कार गरिएको हो ।

Post navigation

Previous: संविधान दिवसको अवसरमा पापडले निकाल्यो वृहत् शान्ति र्‍याली 
Next: होन्डाको मोटरसाइकल र स्कुटर खरिद गर्दा १ लाखसम्म जित्न सकिने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.