काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई सोमबार विमानस्थलमा र्यालीसहित स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पाङलाई स्वागत गर्न पुगेका समर्थकहरूले मोटरसाइकल र्यालीसहित स्वागत गरेका हुन् ।
यसअघि पनि उनी काठमाडौं आउँदा समर्थकहरू उनका वरपर बाक्लो संख्यामा उपस्थित हुन्थे । कहिले धरानमा पानी चाहियो भनेर गाग्रो बोकेर माइतीघरमा प्रदर्शन गर्न उनी काठमाडौं आइपुग्छन् त कहिले एक्लै उभिएर प्रदर्शन गरिरहेका हुन्छन् ।
प्रायजसोः उनका गतिविधिहरूमा काठमाडौंमा उल्लेख्य संख्यामा उपस्थित हुने गर्छन् । मेयर साम्पाङले आफ्ना समर्थकलाई भेट्न चाहेको उनको सचिवालयले बताएको छ ।
त्यस्तै मेयर साम्पाङले र्यालीका लागि धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै दिन राजधानीमा ूहर्क साम्पाङ जिन्दाबादू को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ, सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुन सक्छ, सबैलाई धन्यवाद ।।’
