काठमाडौँ । पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।
पर्यटकमाझ प्रसिद्ध प्रसिद्ध लिस्बनको ग्लोरिया फ्युनिकुलर रेल लिकबाट उछिट्टिएर एक भवनमा ठोक्किएको थियो । यो घटना स्थानीय समय अनुसार बुधबार बेलुकी भएको थियो । फ्निकुलर रेल ढलानवाला सडकमा तलमाथि चल्दछ । त्यसको सपोर्टिङ केबल भाँचिएपछि लिक छाडेको र दुर्घटना भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
