काठमाडौं । अब बन्ने अन्तरिम सरकारका नयाँ प्रधानमन्त्रीका लागि सिंहदरबारमा व्यवस्थापन सुरु गरिएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित सचिवहरूको टोलीले गरेको अध्ययनमा यो विकल्पबारे कुरा भएको एक सचिवले जानकारी दिए । ‘अन्य भवन पनि हेर्ने काम भयो, कुनै सद्दे छैनन्, एउटा विकल्प निर्माणाधीन गृहमन्त्रालयको नयाँ भवन हुनसक्छ भन्ने कुरा भएको छ,’ उनले भने ।
बुधबार आन्दोलनकारीको निसानामा परेको सिंहदरबारमा अहिलेसम्मकै ठूलो आक्रमण भएको थियो । सोही क्रममा यहाँ सबैजसो भवनमा आक्रमण र आगजनी गरिएको छ । मन्त्रालयहरूका कागजात जलाइएको छ भने सवारी साधनमा व्यापक क्षति पुर्याइएको छ ।
