Skip to content
August 5, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भिभोले दराजसँग दशैंको लागि सहकार्य गर्दै ल्यायो आकर्षक अफरहरू

Kamal Tamang September 17, 2025
1
Share On:

काठमाडौँ । विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गर्दै, दशैं ९.९ क्याम्पेन सार्वजनिक गरेको छ, जुन आश्विन २ देखि १८ सम्म सञ्चालन हुनेछ । यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भिभोको नवीनतम स्मार्टफोनहरूको भरपूर लाभ लिन सक्नेछन्।

यस क्याम्पेन अन्तर्गत, ग्राहकहरूले भिभो स्मार्टफोनहरूमा ७,००० सम्मको विशेष डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । साथै, भिभोले भर्खरै मात्र बजारमा लञ्च भएको आफ्नो दुई नयाँ मोडलहरू—भिभो भी६० र वाई२१डि—दराजमा आधिकारिक रूपमा उपलब्ध गराएको छ । यी दुबै स्मार्टफोनहरूले प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन उपलब्ध गराउँछन् ।

यस अवसरमा, भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालले भनेः
“दशैं क्याम्पेनका लागि दराजसँगको हाम्रो सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पु(याउनेछ । आकर्षक अफरहरू, रोमाञ्चक पुरस्कारहरू, साथै हाम्रो फ्ल्यागशिप भिभो भी६० र युवालाई लक्षित भिभो वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैंलाई अझै स्मरणीय बनाउन चाहेका छौँ ।”

यस सहकार्यमार्फत, भिभोले नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै, आकर्षक अफर र सहज सेवासहित ग्राहकहरूको पहुँचलाई अझ सजिलो बनाउने लक्ष्य लिएको छ । यस विजय दशमीमा, ग्राहकहरूले आफ्नो स्मार्टफोन अपग्रेड गर्दै भिभोको अत्याधुनिक प्रविधिसँग दशैंको खुसीयाली मनाउन सक्नेछन्।

Post navigation

Previous: बुङ्गल हाइड्रोको थप सर्वसाधारण आईपीओ बिहीवार बाँडफाँड हुँदै
Next: बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.